औलभीरमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु , दुइ वेपता

जाजरकोट , २१ असोज ः जुनिचाँदे गाउँपालिका १ ओलभीर भे १ज ९३५ नम्वरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही , कृती शाही , ख्यामबहादुर शाही , वडा ५ की मालिका बस्नेत , कृष्णबहादुर शाही मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिनुभयो । त्यस्तै दुईजना पानीमा वेपता भएको उहाँले जानकारी दिनुभयो ।

जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगाबाट पराले जादै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप खोलामा परेको छ ।





error: Content is protected !!