जिप दुर्घटना हुँदा सात बेपता

जाजरकोट ः जाजरकोटको जुनिचाँदे गाउँपालिका लोड्निमा यात्रुबाहक जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । क्षतीको विषयमा एकिन जानकारी नआएको डिएस्पी किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

सो जीपमा जुनिचाँदे गाउँपालिका ११ का वडा अध्यक्ष अमर बहादुर शाही सहित ५ वेपता भएको स्थानीयले बताएका छन् । अन्य दुइ जना समेत सम्पर्कमा नरहेको स्थानीयले बताएका छन् । प्रहरी चौकी वडावन , पन्चलाबाट घटना स्थल तर्फ प्रहरी जाँदै गरेको बताएको छ ।





error: Content is protected !!