सरकारले दियो सबै तहका परीक्षा संचालन गर्न सैद्धान्तिक सहमति

सरकारले सबै तहका परीक्षा लिनका लागि सम्बन्धित निकायहरुलाई सैद्धान्तिक सहमति दिएको छ । बुधबार मन्त्रिपरिषदको बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री प्रदीप ज्ञवालीले सवै तहका परीक्षा संचालका लागि सैद्धान्तिक सहमति दिएको जानकारी दिए ।

यसरी परीक्षा संचालन गर्दा सरकारले तोकेको सबै स्वास्थय सुरक्षाका मापदण्ड भने पालना गर्नु पर्ने पनि उनले जानकारी दिए ।

परिस्थिति र अवस्था अनुसार परीक्षा संचालन गर्न सकिने तर स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई भने कडाईका साथ पालना गर्नु पर्ने उनले बताए ।





error: Content is protected !!