बालबालिकाको घरघरमा दिवा खाजा

जाजरकोट , कोभिडका कारण विद्यालय बन्द भएको समयमा पनि घर , घरमा दिवा खाजा पुर्याएर बालबालिकालाइ पोषिलो खाना उपलव्ध गराएको छ । जिल्लाका २०२ आधारभुत विद्यालयमा पढ्ने २५ हजार ४ सय ५० बालबालिकाले दिवा खाजा खाँदै आएका छन् ।

२०५४ साल देखि जाजरकोटमा नेपाल सरकार र विश्व खाद्य कार्यक्रम द्धारा यो दिवा खाजा विद्यार्थीहरुलाई उपलव्ध हुँदै आएको छ । कोरोनाको प्रभाव नभएको अवस्थामा विद्यालयमा उपलव्ध हुँदै आएको दिवा खाजा अहिले कोभिडका कारण विद्यार्थीहरुको घर ,घरमा पुर्याएर व्यवस्थापन गरिएको छ ।

जिल्लाका   पश्चिम थलह मुख्य गोदामबाट पजारु , स्याला , सानाखोला , देउसुले , तापुचौर लगाएतका सव डिपो लिइ त्यहाँबाट विद्यालयमा लिने गरिदै आइएको छ ।


त्यस्तै पुर्वको छेप्का मुख्य गोदामबाट सव डिपोहरु कैना , चोखा , लैलख र लिम्सामा खाद्यान्न ढुवानी गरि विद्यालयमा वितरण गरिदै आएको छ । प्रतिविद्यार्थी ८० ग्राम चाामल , २० ग्राम दाल, १० ग्राम तेल , २ ग्राम नुन भएतापनि कोभिड १९ ले गर्दा घरै वस्यौ , खाउ भन्ने नाराले घर लैजानलाइ शिक्षा का लागि खाद्य कार्यक्रम इकाइबाट साउन देखि असोज सम्मा प्रतिव्यक्ति साडे ६ केजी चामल , डेर केजी दाल , १ केजी नुन र असोज सम्म वितरण गरिदै आएको शिक्षाका लागि खाद्य कार्यक्रम जाजरकोटका प्रमुख रबीन्द्रमान सिंह भण्डारीले जानकारी दिनुभयो ।

दिवा खाजा ढुवानी गर्दा जिल्लाको मुख्य गोदामहरुमा विश्वखाद्य कार्यक्रम ले ढुवानी गदै आएको छ । मुख्य गोदाम पछि अन्य साना गोदाम तथा वितरण केन्द्र सम्मा विश्व खाद्य कायक्रमले ढुवानी गर्ने त्यसपछि सव गोदाम सम्म नेपाल सरकारले ढुवानी गर्ने व्यवस्था गरिएको छ ।





error: Content is protected !!