चन्दननाथ मन्दिरबाट चोरी भएका दुइटा मूर्तिसहित ३ जना पक्राउ

जुम्ला ः प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो ।

विसं २०७३ मंसिर ११ गते राति जुम्ला चन्दननाथ नगरपालिका – ५ खलंगास्थित चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएका थिए । पक्राउ पर्नेमा चन्दननाथ १० बोहोरा गाउँका ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदीप रावल र तातोपानी गाउँपालिका ८ का २८ वर्षीय जयलाल थापा रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

उनले अभियुक्त विष्टको बोहोरागाउँमा रहेको जग्गामा सुकेको घाँसको थुप्रोको बीचमा खादामा बेरी राखेको अवस्थामा चोरी भएका मूर्तिहरु प्राप्त भएको बताए । प्रवक्ता बास्तोलाले चोरी भएका मूर्तिहरु चाँदीको जस्तो देखिने धातुको रहेको र पक्राउ परेकाहरुको सम्बन्धित जिप्रकाबाट अनुसन्धान भइरहेको बताए ।

जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले विसं।२०४१ कार्तिक ८ गते मिति उल्लेख गरिएको ४५० ग्राम मूर्ति फेला परेको जानकारी दिए ।

मूर्ति चार हात भएको र दायाँतर्फको माथिल्लो हातमा तरबार, तल्लो हातले आशीष दिएको जस्तो, बायाँ माथिल्लो हातमा एक तीरको तोखो भाग भाँच्चिएको त्रिशूल भएको तल्लो हातमा पाला९दियो० भएको, पाँच इन्च उचाइ पाँच इन्च गोलाइ भएको भगवतीको चाँदी जस्तो देखिने धातुको रहेको उनले जानकारी दिए ।





error: Content is protected !!