कृषकका गूनासा सुन्न कल सेन्टर

जाजरकोट ,  नेपालमै पहिलो पटक पोषण एप्स प्रयोगमा ल्याएको भेरी नगरपालिकाले फेरी कृषकका गूनासा सम्वोधन गर्न निशुल्क टोलफ्रि नम्वर प्रयोगमा ल्याएको छ ।
‘किसान कल सेन्टर’ नाम दिइएको उक्त उक्त फोन सेवा निशुल्क हुँने भेरी नगरपालिकाले जनाएका छ । नगरको कृषि शाखामा रहने उक्त कल सेन्टरमा कृषकहरुले आफूलाई परेको समस्या बारे जिज्ञासा राक्दा समाधान पाउने अपेक्षा लिइएको छ ।
कृषकहरुले अव १६६०८९४३००३ मा सम्पर्क गर्न नगरले अनुरोध गरेको छ । गाउँ , गाउँबाट सानो समस्य ल्याएर सदरमुकाम आउनु भन्दा फोन मार्फत समस्या राखेर समाधान भएमा समय र दुख दुवै बच्ने नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो ।





error: Content is protected !!