बाल्यकालमा पढेको विद्यालयमा कम्प्युटर सहयोग

जाजरकोट , चार वर्ष अघि विद्यालयमा गाईगोठ बनाएको भन्दै आलोचना खेपेको भेरी नगरपालिकाको शिवशंकर माध्यमिक विद्यालयले अहिले कम्प्यूटरबाट शिक्षण गर्ने तयारीमा जुटेको छ ।


नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का केन्द्रीय सदस्य निरज आचार्यको पहलमा २० वटा कम्प्यूटर पाएपछि विद्यालयमा प्राविधिको प्रयोग भएको हो । पाठ्यपुस्तकमा मात्र भएको तर कम्प्यूटर नदेखेर पढीरहेको विद्यार्थीहरु अहिले रमाई ,रमाई पढ्न थालेका छन् । यो विद्यालय संगै भेरी नगरपालिकाकै दिपेन्द्र मावि भुर, भगवति मावि कुदु र शंकरभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटर सहितको ल्याव स्थापना गरिएपछि विद्यार्थीहरु खुसी भएका छन् ।

विगत चार बर्ष देखि अमेरिकामा म्याराथुन दौडको आयोजना गरेर सोही माध्यामबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गदै आएका इन्जिनियर डा.ओम दाहालको सहयोगमा ति विद्यालयमा कम्प्युटर ल्यावको स्थापना गरिएको नेता आचार्यले बताउनुभयो ।


प्रत्येक विद्यालयमा एक थान प्रोजेक्टर, एक थान प्रिन्टर सहित बाहुनथानामा १५ तथा जगतिपुर, भुर र कुदुमा २० ओटाका दरले कम्प्युटर हस्तान्तरण गरिएको छ । विद्यार्थीलाई कम्प्युटर सम्बन्धी प्रयोगात्मक अभ्यास गराउन, विद्यालयका नियमित कामकाज गर्न, प्रोजेक्टरबाट पठनपाठन गर्न कम्प्युटर ल्यावले सहयोग पुरयाउने नेता आचार्यको भनाई छ ।

कम्प्युटर ल्याव स्थापनामा पहल गर्ने नेता आचार्य र सहयोग कर्ता डा.दाहाललाई विद्यालयले धन्यवाद दिएका छन् । कम्प्युटर ल्याव स्थापना पछि विद्यालयमा इन्टरनेट सेवा संचालनमा ल्याउन शैक्षिक गतिविधिलाई सूचना प्रविधिमा जोडने मद्दत पुग्ने शिवशंकर मावि जगतिपुरका अध्यक्ष कालु हमालले बताउनुभयो । यो भन्दा अगाडी सरकारले उपलव्ध गराएको कम्प्यूटरहरु विद्युतको अभावमा थन्किदै आएका थिए । आचार्यले आफूले बाल्यकालमा पढेको विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि स्थानीयवासीहरु खुसी भएका छन् ।

जिल्लाका सवै ठाउँमा केन्द्रीय प्रशारणलाईन जोड्ने क्रम जारी रहेका कारण अव जिल्लाका विद्यालयमा कम्प्यूटरको पढाई प्रभावकारी हुँने अपेक्षा लिइएको छ । सवै माविमा नेपाल दुर सञ्चार प्राधिकरणले इन्टरनेट सेवा यो भन्दा अघि नै पुर्याएको छ । कम्प्युटर विनाका विद्यालयमा पुगेको ईन्टनेटले मोवाईलमा फेसवुक चलाउने बाहेक अन्य काम नभएको गूनासो आईरहेको बेला आचार्यको यो पहलबाट राम्रो प्रभाव परेको छ ।





error: Content is protected !!