जाजरकोटमा कुटपिटबाट यूवाको ज्यान गयो

जाजरकोट, ९ असोज ः जाजरकोटमा एक युवाको ज्यान गएको छ । जिल्लाको कुशे गाउँपालिका २ टालेगाउँका २१ बर्षीय झलक सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
बिहीवार सामान्य बादबिवाद हुँदा कुशे गाउँपालिका २ टालेलेगाउँमा २२ बर्षीय अर्जुन सिंहको कुटाई बाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । । बिहीवार कुटपिटमा घाइते भएका सिंहलाइ स्वास्थ्य सेवा कार्यालय उपचार गर्दा गदै शुक्रवार दिउँसो साढे १ बजे ज्यान गएको प्रहरी जनाएको छ ।
आक्रमणमा संलग्न भएको आसंकामा २ जनालाइ नियन्त्रणमा लिएको उहाँको भनाइ छ । कुटपिट गर्ने सिंह अहिले फरार रहेको प्रहरीकोले जनाएको छ । घटना स्थलमा टेलिफोन सम्पर्क नभएका कारण थप बिवरण आन नसकेको समेत प्रहरीको भनाइ छ ।










