कोरोना संक्रमणबाट थप ११ जनाको निधन, संक्रमणबाट निधन हुनेको संख्या चार सय नाघ्यो

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको निधन भएको छ ।

योसमेत देशभर संक्रमणबाट हालसम्म निधन हुनेको संख्या चार सय एक पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात महिला र चारजना पुरुषको निधन भएको हो ।

मृत्यु हुनेमा ललितपुरका दुई महिला र एक पुरुष गरी तीनजना, काठमडौंका एक महिला र एक पुरुष गरी दुईजना, मोरङ, रौतहट, सर्लाही, मकवानपुरका एक–एक महिलाको मृत्यु भएको छ ।

त्यसैगरी बाँके र रुपन्देहीका एक–एक पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमले बताए ।





error: Content is protected !!