विहान सबेरै उठ्नमा समस्या हुन्छ रु यी कुराहरुको पालना गर्नुहोस्

विहान उठ्ने समय सबैको आआफ्नो हुन्छ चाहे कुनै काम होस् वा नहोस् । धेरै समयसम्म सुत्‍न र ८ घण्टाको निन्द्रा पूरा गर्न सबैलाई मन पर्छ ।

तर जब विहान चाँडै उठ्ने कुरा आउँछ, धेरैजसोलाई छिट्टै विस्तारा छाड्ने बानी रहेको हुँदैन । त्यस्ता मानिसहरुलाई विहान चाँडै उठ्नमा समस्या हुन्छ र उनीहरु अलार्मको आवाजबाट समेत बिउँझिन सक्दैनन् ।

यदि कोही विहान चाँडै उठ्न सक्दैन भने या त ऊ राम्रोसँग निदाउन पाइरहेको छैन वा उसलाई निन्द्रा पुगेको छैन चाहे कुनै काम गरेको होस् वा नहोस् । तर यदि हामी विहान सबेरै उठ्दैनौं भने कसरी हामी आफ्नो सबै कामहरू समयमै पूरा गर्न सक्दछौं त रु वा अन्य कामहरूको लागि कसरी समय निकाल्न सक्छौं ?

आज हामी केही कुराहरुको बारेमा चर्चा गर्छौं जसको पालना गर्नाले विहान चाँडै उठ्नमा मद्दत पुग्‍न सक्छ ।

सुत्‍ने तालिका 

१ सुत्‍नुभन्दा ६ घण्टाअगाडि क्याफिन भएको कुनै पनि पेय पदार्थ नखानुस् ।

२ सुत्‍नु भन्दा कम्तिमा २ घण्टा अघिसम्म तपाईको आँखामा निलो प्रकाश ९द्यगिभ ीष्नजत० फाल्‍ने कुनै पनि मेशिन वा उपकरण प्रयोग नगर्नुहोस् । यो पनि निन्द्रा नलाग्‍नुको प्रमुख कारण हो ।

३ सुत्‍नुअघि आफूलाई केही आराम दिनुहोस् । पुस्तकहरू पढ्नुहोस् वा राम्रोसँग नुहाउनुहोस् । तपाईंको शरीरलाई थकान दिने वा तपाईंलाई अनिन्द्रामा पार्ने खालका कुनै पनि काम नगर्नुहोस् ।

४ दिउँसोमा सुत्‍ने बानी कम गर्नुहोस् ।

सुत्‍ने समयको निर्धारण गर्नुहोस्स्

तपाईलाई कति समयको निन्द्रा आवश्यक छ त्यसको बारेमा मनन गर्नुहोस् । धेरैजसो मानिसहरु ७ देखि ९ घण्टासम्म सुत्‍ने गर्दछन् । आउने दिनको कार्यव्यस्तताअनुसार सुत्‍ने समय निर्धारण गर्नुहोस् । यदि भोलि तपाईलाई ७ बजे उठ्नुपर्ने छ भने आज ११ बजेभित्र सुत्‍नुहोस् । तपाईको सुत्‍ने समय केवल साताको दिनको लागि मात्र होइन, सप्ताहन्तहरूमा पनि सेट गर्नुहोस् ।

खानपिनमा ध्यान दिनुहोस

स्वस्थ्यकर खानेकुराहरुको ग्रहण गर्नुहोस् । किनकि, हाम्रो खानाले हाम्रो उर्जा स्तरमा ठूलो प्रभाव पार्छ। यदि हामीले अस्वस्थ खाना खायौं भने यसले हामीमा आलस्य उत्पन्‍न गर्दछ। तपाईंको खानामा फलहरू, तरकारीहरू, ओमेगा ३ धेरै हुने पोषकहरू र अन्‍नहरू हुनुपर्छ ।

व्यायाम

हरेक दिन विहान व्यायाम गर्नाले तपाईको शरीरलाई स्वस्थ बनाउँदछ र वजन पनि कम हुन्छ, त्यसैगरी यसले हाम्रो निन्द्रा पनि सुधार गर्दछ। अनिद्रा, चिन्ता, र डिप्रेसन भएका मानिसहरूलाई पनि यसले राम्रो प्रभाव पार्छ । यदि तपाईं नाच्‍नुहुन्छ भने पनि स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ, किनकि नाच्‍नु पनि एकप्रकारको व्यायाममै पर्दछ । व्यायामले हाम्रो शरीरको उर्जाको स्तर बढाउँछ ।

बाहिरी प्रकाशमा केहीबेर निस्कनुहोस

यदि तपाईंको सधैं घर भित्र बसिरहने बानी छ भने विहान उठ्ने र बाहिर हिंड्ने गर्नाले बाल्कनीमा बस्‍नाले तपाईको शरीरलाई प्रकाश दिन्छ जुन तपाईंको शरीरको लागि एकदम महत्त्वपूर्ण छ । तपाईंको घरको पर्दा केही समयको लागि खुला राख्नुहोस् । यसले पनि बाहिरि प्रकाश कोठाभित्र प्रवेश गर्न पाउँछ । यसले तपाईंको मुड पनि सुधार्छ र तपाईंको उर्जा स्तर पनि बढ्नेछ ।

चिकित्सकको सल्लाह

यी सबै कुराहरुको पालना गर्दागर्दै पनि तपाईलाई विहान उठ्नमा समस्या हुन्छ भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ । यसबाहेक, यदि तपाईंको जीवनमा कुनै समस्या छ, जसको कारणले तपाईं निदाउन सक्नुभएको छैन भने आफ्नो समस्या तपाईंको नजिकको व्यक्ति वा मित्र कसैलाई बताउनुहोस्, ताकि उसले तपाईंलाई यस समस्याबाट मुक्त हुन मद्दत गर्न सकोस् ।




सम्बन्धित समाचार


error: Content is protected !!