स्वीकृत कोटा भन्दा झण्डै सत्र हजार क्वीन्टल चामल थप माग

नन्दा शाही
जाजरकोट – भारी बाढी पहिरोका कारण व्यापक क्षती भएपछि जाजरकोटमा स्वीकृत कोठा भन्दा झण्डै १७ हजार क्वीन्टल चामल थप माग गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी केन्द्रीय कार्यालय , उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयमा समेत सो परिणामको चामल पठाउन आग्रह गरिएको हो । सलह , बाढी पहिरोले सबै खेती लगाएको जमिन बगाएकाले खाद्य डिपो थप गर्न आग्रह गर्नुका साथै १७ हजार क्वीन्टल भन्दा बढी चामल पठाउन जिल्ला विपत व्यवस्थापन समितिले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो ।

यो भन्ना अघि जाजरकोटमा १० हजार क्वीन्टल चामल स्वीकृत कोटा भित्र रहेर ढुवानी हुँदै आएको थियो । बाढी पहिरोबाट थिलो, थिलो भएको डिपो कार्यालय नायकवाडा ५ हजार , विक्री केन्द्र काउलीमा ४ हजार क्वीन्टल चामलको कोठा थप गर्न माग गरिएको छ । त्यस्तै चौखा डिपोमा ४ हजार ८०० , घोगीमा १ हजार , दशेरामा १ हजार २०० , ताँगामा २ हजार ५०० , रजुतरामा ३ हजार २०० कोठा चामल माग गरिएको छ । त्यस्तै गरी टापुचौरमा २ हजार , घरंगामा २ हजार र दल्लीमा २ हजार क्वीन्टल चामल माग गरिएको छ ।

त्यस्तै छिमेकी जिल्ला डोल्पामा अघिल्लो वर्षको ढुवानी हुँन बाँकी ४ हजार ५ सय क्वीन्टल चामल स्थल मार्गबाट ढुवानी गर्ने निर्णय भएको कम्पनीका डोल्पा प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो ।

चार ठाउँमा नयाँ डिपो माग

पुर्वको बारेकोट गाउँपालिका ८ सेपखोलामा २ हजार क्वीन्टल चामल सहित नयाँ डिपो स्थापना गर्न कम्पनीलाइ माग गरिएको छ । पश्चिमको शिवालय गाउँपालिका ३ शिवालयमा २ हजार क्वीन्टल चामल , छेडागाड नगरपालिका १२ कार्कीगाउँमा २ हजार र छेडागाड २ साल्मा २ हजार चामलको कोठा सहित डिपो स्थापना गर्न माग गरिएको प्रजिअ बरालले जानकारी दिनुभयो ।





error: Content is protected !!