नलगाडमा वडासचिवको मृत्यु

जाजरकोट ः नलगाड नगरपालिका १० का २६ वर्षीय वडासचिव कवीराज रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेको समयमा आज विहान मृत्युु भएको हो ।
रुकुम पश्चिम मुसीकोट नगरपालिका १३ छिवाङ घर भएका रोका केही समय देखि नलगाड १० मा कार्यरत थिए । निरन्तर ज्वारो आउने , स्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ता भित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो ।
मृतक रोकाको स्वाब संकलन गरि चौरजहारी स्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।





error: Content is protected !!