जाजरकोट –डोल्पा सडकको निरीक्षण

हेमन्त केसी
जाजरकोट ,  जाजरकोट –डोल्पा सडक खण्डको निरीक्षण गरिएको छ । सरकारी कामलाइ बाधा नपुग्ने गरी आज शनिबारको विदालाइ सदुपयोग गदै जाजरकोट –डोल्पा सडक खण्डको निरीक्षण गरिएको छ । वर्षायाममा भत्किएको सडकको क्षती र पुर्ण निर्माण गर्नुपर्ने स्थानका साथै यात्रुहरुले भोग्नु परेको पीडाका बारेमा समेत प्रमुख जिल्ला अधिकारी चेतराज बरालको नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरिएको हो ।


सडक खण्ड भित्र निर्माण हुँने ७ वटा पुलहरुको निर्माण स्थलको समेत निरीक्षण गरिएको सहायक प्रमूख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । त्यस्तै पासागाड देखि चिसापानी सम्मा पहिलो चरणमा पिच हुँन लागेको सडकको अवस्था समेत निरीक्षण गरिएको थियो ।


गाउँ , गाउँमा टेलिफोनको पहुँचको अवस्थाका बारेमा समेत स्थानीयवासीसँग छलफल गरिएको छ । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाको भूभागलाइ समेटेर निर्माण हुँन लागेको नलगाड जलविद्युत आयोजना ( ४१७)को निर्माण स्थलको अवस्थाबारे समेत जानकारी लिएको सहायक प्रजिअ रेग्मीले जानकारी दिनुभयो । भूमिगत विद्युत उत्पादन गृहमा सुरुङ निर्माणको कामको गतीलाइ समेत निरीक्षण गरिएको छ ।

४०० केभी प्रशारण लाइनको सव स्टेशन निर्माण स्थल नलगाड नगरपालिका ७ मा दानीपिपलको समेत अवलोकन गरिएको छ । दैनिक यो सडक खण्डमा चल्ने यातायातका साधनबाट स्थानीयवासीमा परेको मर्काका विषयमा समेत शुक्ष्म निरीक्षण गर्नुका साथै नलगाड नगरपालिका जनप्रतिनिधिसँग छलफल समेत भएको छ ।


भर्खरै जिल्लामा आएका प्रजिअ बरालले जिल्लाको अवस्था सुधार्नका लागि के के काम गर्न सकिन्छ भनेर जनप्रतिनिधिसँग छलफल गरेको प्रजिअ रेग्मीले बताउनुभयो ।

नजिकिदै गरेको दशै र तिहार जस्ता ठुला पर्वमा कोरोना , वजारमा हुँने महंगी र म्याद गुर्जेको सामग्री जनसाधारणमा पर्ने प्रभावका विषयमा समेत अनुगमण गरिएको छ । जाजरकोट भएर डोल्पा सामग्री तथा अन्य निर्माणको सामग्री जाने भएकाले सो कार्यलाइ समेत कडाइका साथ अनुगमण गरिएको उहाँको भनाइ छ । यो प्रक्रियालाइ अझै जोड दिने उहाँको भनाइ छ ।





error: Content is protected !!