बेरुत विस्फोटको एक महिनापछि एक व्यक्ति जीवितै रहेको सङ्केतपछि खोजी जारी

बेरुत विस्फोटको एक महिना पछि भग्नावशेषमा एक व्यक्ति अझै जीवित रहेको हुनसक्ने रिपोर्टको आधारमा उद्धारकर्मीहरूले शुक्रबार खोजीलाई जारी राखेका छन् ।

शहरको बन्दरगाहमा भएको विशाल विस्फोटको एक महिनापछि भग्नावशेषभित्र जीवित व्यक्ति पाउने चमत्कारी आशासहित खोजीलाई निरन्तरता दिइएको हो ।

अगस्त ४ को उक्त दुखद विस्फोटका कारण १९१ व्यक्तिको ज्यान लिएको थियो । लेबनानमा शान्ति स्थापनापछिको सबैभन्दा घातक घटना मानिएको यस दुर्घटनामा सात व्यक्ति अझै हराइरहेको सूचीमा रहेका छन् ।

बिहीबार एक विशेषज्ञ उपकरणले एउटा घरको भग्नाबशेषमा च्यापिएको अवस्थामा एक व्यक्तिको मुटुको धडकनको सङ्केत पाइएको बताएपछि खोजीलाई निरन्तरता दिइएको हो ।

चिली र लेबनानका उद्धारकर्मीहरूले शुक्रबार हातहतियार प्रयोग गरेर नै भवनको भग्नावशेष हटाउने प्रयास गरेका थिए । तर अँध्यारो र हातले सिमेन्टले बनेका घरका अवरोधलाई हटाउन कठिनाइ भएपछि गेम्माएजेह र मार मिखाइलबीचको उक्त स्थानमा केही घयटा उद्धारकार्यलाई रोकिएको थियो । रातभरको तयारीपछि उनीहरूले आफ्नो प्रयासलाई पुनः सुरु गरेको घटनास्थलका उपलब्ध एएफपी फोटोग्राफरले बताएका छन् ।

लेबनानको नागरिक प्रतिरक्षाका जर्ज अबू मौसाले भन्नुभयो, “हामीले अवरोधलाई हटाएका छौँ तर हामी भग्नावशेषमा मानिस जीवितै पाइने विश्वासलाई अझै गुमाएका छैनौँ ।”

चिली र लेबनानी उद्धारकर्ताहरूसँग समन्वय गरिरहेका निकोलस सादेले शुक्रबार पत्ता लगाएको धढड्कन पहिलेको रेकर्डिंगको तुलनामा सुस्त भएको पाइएको छ ।

“ठूला भागहरू हटाएपछि हामीले फेरि मुटुको धड्कन वा श्वासप्रश्वासका लागि ‘स्क्यान’ ग¥यौं, यसले धड्कन र श्वासप्रश्वासका सङ्केत बिहीबारको तुलनामा कम देखाएको छ अर्थात् प्रति मिनेट सात पटक धड्कन मापन गरिएको उहाँले एएफपीलाई बताउनुभयो ।

बिहीबार मुटुको धड्कन प्रति मिनेट १६ देखि १८ पटक मापन गरिएको थियो । उद्धारकर्मीले जीवितै उद्धार गर्ने झिनो आशासहित कामलाई निरन्तरता दिएका छन् ।
–––





error: Content is protected !!