चरीबाघको डमरु उद्धार

जाजरकोट – बारेकोट गाउँपालिका –८ स्थित खोलाले बगाएर किरारमा ल्याएको चरीबाघको डमरुलाइ उद्धार गरि जंगलमा छोडिएको छ ।
बारेकोट गाउँपालिका – ५ स्थित समुन्द्र सतह देखि १ हजार ७०० मिटरको उचाइ रहेको जंगलबाटबाट बगेको डमरुलाइ भदौ ७ गते स्थानीय वासीहरुले खोलाको किनारमा भेटाएका थिए ।
वारेकोटकै वडा नम्वर ८ स्थित समुद्र सतहवाट १ हजार ३१९ मिटरको उचाईमा रहेको चरि बाघको करिव १ महिनाको डमरु खोलाले बगाएर बाटो छेउ भेटाएको वन्यजन्तुका खोजकर्ता गोविन्दवहादुर सिंहले बताउनुभयो । वाटोमा हिड्दै गरेका स्थानीयवासीले उक्त वाघको वच्चालाइ वन बिरालोको बच्चा जस्तो ठानेर खोलामा फाल्ने तयारीमा रहेको बेला नलगाड नगरपालिका –५ का चक्रबहादुर सिंह र खड्ग बहादुर शाहिले फाल्न नदिएर घरमा ल्याएर गोबिन्दबहादुर सिहलाइ फोन सम्पर्क गरी गोविन्द सिंहलाइ जानकारी गराएका थिए ।
तत्काल बच्चालाई उद्वार गरि दुध खुवाएर तन्दुरुस्त भैसके पछि ७ दिन पछि डिभिजन वन कार्लय जाजरकोट को निर्देशनमा मंगलबार बिहान ७ बजे प्राकृतिक बासस्थान मा छोडिएको सिंहले सिंहले जानकारी दिनुभयो ।
साँझ अवेर सम्म पनि छोडिएको ठाउँमा आमा वाघ नभेटिएकोले साँझ फेरि उक्त वाघको वच्चालाइ दुध लिएर खुवाइएको सिंहको भनाइ छ । राति १० बजे तिर बच्चा कराउदा टाढा बाट आमा वाघ पनि कराउदा राति ११ बजे बच्चालाई लिएर गएको सिंहले जानकारी दिनुभयो । अहिले सम्म गोविन्द सिंहको पहलमा १२ वन्यजन्तुको उद्धार गरिएको छ ।
हेमन्त केसी



