चुनावी प्रतिवद्धता – भेरी करिडोरमा तेह्र ठाउँमा पुल निर्माण कार्य सुरु

हेमन्त केसी
जाजरकोट – लामो समय पछि भेरी करिडोर अन्तरर्गत जाजरकोट – डोल्पा सडक खण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडी बढेको छ ।

पिप्लेखोला , छर्रेखोला , नलगाड नदी , झुर्मेखोला ,मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि काम सुरुको प्रक्रिया अगाडी

यस सडक खण्डको जिरो बिन्दु पासागाड देखि नलगाड नगरपालिकाको तल्लु सम्म ७ वटा मोटर गुड्ने पुलको लागि बोलपत्र आवह्वान भई महिना दिन भित्र काम सुरु हुँन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो ।

 

 

उहाँका अनुसार पिप्लेखोला , छर्रेखोला , नलगाड नदी , झुर्मेखोला ,मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि काम सुरुको प्रक्रिया अगाडी बढीसकेको बताउनुभयो । ७ वटा पुल ३० महिना भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताउनुभयो ।

डोल्पा सडक खण्डको रुपगाड , त्रिपुराकोट , खदाङ र करपगाडमा मोटेरेवल पुल निर्माणका लागि बोलपत्र आवह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडी बढाएको प्रमख भट्टको भनाइ छ । रु ७ करोड लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ । एक वर्ष भित्र निर्माण कार्य पुरा हुने उदेश्यका साथ ठेक्का खोलिएको प्रमुख भट्टले भन्नुभयो । त्यस्तै छलगाड , छरेबग्री देखि त्रिवेणी सम्माको सडकमा २ वटा पुल निर्माणका लागि बोलपत्र आवह्वानको काम अन्तिम चरणमा

त्यस्तै आज डोल्पा सडक खण्डको रुपगाड , त्रिपुराकोट , खदाङ र करपगाडमा मोटेरेवल पुल निर्माणका लागि बोलपत्र आवह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडी बढाएको प्रमख भट्टको भनाइ छ । रु ७ करोड लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ । एक वर्ष भित्र निर्माण कार्य पुरा हुने उदेश्यका साथ ठेक्का खोलिएको प्रमुख भट्टले भन्नुभयो । त्यस्तै छलगाड , छरेबग्री देखि त्रिवेणी सम्माको सडकमा २ वटा पुल निर्माणका लागि बोलपत्र आवह्वानको काम अन्तिम चरणमा पुगेको छ । सडक निर्माण कार्य सुरु गरेको झण्डै १४ वर्ष पछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया सुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्ना सम्मका लागि पिचको काम सुरु भएर काम चालु अवस्थामा रहेको छ ।


वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको चुनावी नारा समेत रहेका यहाँका पुल , पुलेसाहरु निर्माण चरणमा पुग्दा जाजरकोट , रुकुम पश्चिम र डोल्पाका सर्वसाधारणहरु खुसी भएका छन् । यो सडक भारत , नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो ।

पुल पुलेसा नहुँदा जोखिमपूण यात्रा गर्न बाध्य भएका र ठाउँ , ठाउँमा यातायातका साधनहरु बदल्ने समस्याको मारमा परेका सर्वसाधारणहरु वर्ष दिन भित्र पुल निर्माण हुँने खवरले खुसी भएको नलगाड नगरपालिका –१२ का वुद्धीबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो , “ दश ठाउँमा गाडी फेर्दा र चर्को भाडाका कारण हामी समस्यामा थियौँ , अव राहत मिल्ने खवर सुनेको छु । निकै खुसी लागेको छ । ” पुल निर्माण कार्यसँगै जाजरकोट – डोल्पा सडक खण्डमा पिचको कामले समेत गती पाएको छ ।

नलगाड जलविद्युत आयोजना निर्माण देखि डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि यो सडक छिटो निर्माण गर्नुपर्ने हाम्रो सामु अवसर र चुनौती दुवै रहेको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिनुभयो । यहाँले भन्नुभयो , “ सवै तहका सरकारसँग समन्वय गरेर हामी विकासबाट पछी परेको भूगोल , क्षेत्र अनि भूभागमा जोड दिइरहेका छौँ । गाउँ , समाज संमृद्ध नभइ हामी संमृद्ध नहुँने निश्चित छ । जनताको विकास प्रतिको चाहानालाइ सम्मान गरी हामी सोही गतीमा अगाडी बढेका छौँ । ”

अहिले पासागाडबाट –रिम्ना सम्मको सडकमा कालेपत्रेको काम चालु अवस्थामा रहेको छ । यो सम्पन्न हुँन वितिकै अगाडी पिचको काम सुरु हुने प्रमुख भट्टले जानकारी दिनुभयो । नलगाड जलविद्युत आयोजना निर्माण देखि डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि यो सडक छिटो निर्माण गर्नुपर्ने हाम्रो सामु अवसर र चुनौती दुवै रहेको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिनुभयो । यहाँले भन्नुभयो , “ सवै तहका सरकारसँग समन्वय गरेर हामी विकासबाट पछी परेको भूगोल , क्षेत्र अनि भूभागमा जोड दिइरहेका छौँ । गाउँ , समाज संमृद्ध नभइ हामी संमृद्ध नहुँने निश्चित छ । जनताको विकास प्रतिको चाहानालाइ सम्मान गरी हामी सोही गतीमा अगाडी बढेका छौँ । ”

अहिले पुल नहुँदा १३ ठाउँमा सवारीसाधन बदलेर यात्रा गर्नुपर्ने बाध्यता छ । दुइनमा राखेर यातायातका साधनहरु भेरी नदीमा वारपार गरिदै आएको छ । आवश्यकताका आधारमा मात्र बजेट खर्च गर्ने मान्यताका आधारमा काम भएको डिभिजन प्रमुख नरेन्द्र भट्टले बताउनुभयो ।

सडक हस्तान्तरण पछि पुल निर्माण सुरु

भेरी करिडोर भित्रको जाजरकोट – डोल्पा सडक खण्ड एक पर्यटकीय रुटको रुपमा समेत रहेको छ । यही सडकले चीन सँग जोड्ने काम गर्ने प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो । नेपाली सेनाले झण्डै १० वर्ष भन्दा बढी समय लगाएर ट्याक ओपन गरेको यो सडक अघिल्लो वर्ष मात्र सरकारलाइ हस्तान्तरण गरिएको थियो ।

११८ किलोमिटर लम्वाइ रहेको जाजरकोट – डोल्पा सडक खण्ड भित्र नलगाड जलविद्युत आयोजना ( ११७ मेघावाट) र जगदु ल्ला जलविद्युत आयोजना ( १०६) , ताँसुगाड जलविद्युत आयोजना ( ४.५ मेगावाट) र भेरी ए,वीसी आयोजना निर्माणमा सहज आउने आउने छ । त्यस्तै जाजरकोट –डोल्पा सडक खण्डमा ३३ केभी विद्युतको केन्द्रीय लाइन विस्तारका लागि थप सहजता ल्याउने छ । ४०० केभी प्रशारण लाइनको सव स्टेशन निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ ।





error: Content is protected !!