ठुला सव स्टेशन निर्माणको ढिलाइले विद्युत आपूर्तीमा समस्य

हेमन्त केसी
जाजरकोट , १२ भदौ ः सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रशारण लाईनको सव स्टेशन निर्माण नहुँदा तीन जिल्लाको विद्युत आपूर्तीमा समस्या देखिदै आएको छ ।

कोहलपुर देखि सुर्खेत सम्मको १३२ केभी प्रशारण लाईनको लागि वातारणीय प्रभाव मुल्याङ्कनको काम पुरा गरि प्रशारण लाइन निर्माणका लागि बोलपत्र आवह्वान समेत भइसकेको छ । सुर्खेतको आधा , सल्यानको आधा भाग र रुकुम पश्चिम र जाजरकोटका लागि सुर्खेतको सुव्वाकुनामा सव स्टेशन निर्माण नहुँदा विद्युत नियमित आपूर्तीमा समस्य देखिदै आएको छ ।

सव स्टेशनका लागि चार वर्ष अघि जग्गा अधिग्रहणको काम काम पुरा भएपनि स्टेशन निर्माणको लागि बोलपत्र आवह्वान नहुँदा काम समस्य उत्पन्न भईरहेको छ । सव स्टेशनको डिजाईन गर्ने इटालियन कन्सलटेन्टले डिजाईनको काम पुरा गरिसकेको भएपनि बोलपत्र आवह्वानको काममा ढिलाई भएको छ ।
यो सव स्टेशन निर्माण कार्य पुरा भए पछि अर्को जहरेमा निर्माण हुँन लागेको ४०० केभी प्रशारण लाईनको काम पुरा भएपछि मात्र चार जिल्लाको विद्युत आपूतीमा हुँदै गरेको समस्य हल हुने नेपाल विद्युत प्राविकिरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरीले जानकारी दिनुभयो ।

अहिले सुर्खेतको सुव्वाकुना र जहरेमा ठुला सव स्टेशन निर्माण नभएकाले जाजरकोट , सुर्खेतको केही भाग, रुकुम पश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रशारण लाईनको विद्युत आपूर्ती हुँदै आएको छ । त्यस्तै जाजरकोट नलगाड नगरपालिका –७ दानीपिपलमा समेत ४०० केभी प्रशारण लाइनको सव स्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पुरा भएको छ । कोभिड कम हुँन वितिकै डिपिआरका लागि दशै सम्म कन्सलटेन्ट आउने बताएको छ ।

प्रदेशले नै जाजरकोटको चौखा सव स्टेशन निर्माणको लागि बोलपत्र आवह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरीले जानकारी दिनुभयो । नलगाड जलविद्युत आयोजना ( ४१७ मेघावाट ) , ताँसुगाड जलविद्युत आयोजना (४. ५ मेगावाट) , डोल्पाको जगदुल्ला जलविद्युत आयोजना ( १०६ मेघावाट) जलविद्युतका आयोजना निर्माणका लागि १३२ केभी प्रशारण लाइन निर्माण कार्य छिटो गर्नुपर्ने बाध्यता रहेको छ ।

जाजरकोटको कुदुको सव स्टेशन निर्माण कार्य पुरा भइसकेको छ । अन्य ठाउँहरु समाइला , बडावनमा निर्माण हुँने सव स्टेशनको जग्गा प्राप्तिका लागि मुआव्जा वितरणको काम पुरा भएपछि अन्य कामहरु सुरु हुँने उहाँको भनाइ छ ।

४०० केभी प्रशारणको लागि दानी पिपलमा निर्माण गर्न लागिएको सव स्टेशन लागि डिपिआरको काम छिट्टै हुँने कर्णाली प्रदेशसभा सदस्या गणेसप्रसाद सिंह जानकारी दिनुभयो । कोरोनाका कारण विज्ञहरु आउन नपाएको भन्दै सिंहले दशै सम्म काम सुरु गर्ने तयारीमा रहेको बताउनुभयो ।

माग अनुसारको सामग्री आपूर्ती हुँन सकेन

जाजरकोटका सात स्थानीय तह लगाएत अन्य तीन जिल्लामा विद्युतको प्रशारण लाइन गाउँ , गाउँमा पुर्याउनका लागि सामग्री अभाव हुँदा समस्या हुँदै आएको छ ।

सुरुमा नेपालगन्जले कर्णाली प्रदेशका जिल्लामा सामग्री दिदै आएकोमा अघिल्लो वर्ष देखि सुर्खेतमै प्रदेश कार्यालय स्थापना भएपछि नेपालगन्जले सामग्री नदिदा काममा ढिला भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा सुर्खेतमा प्रदेश कार्यालय स्थापना सँगै सामग्री सवै थोक नहुँदा समस्या भएको हो ।

अहिले जाजरकोटको लागि प्रतिमहीना ६० किलोमिटरका लागि मात्र तार दिएको तर माग जाजरकोटमा भारी भएकाले काम गर्न मुस्किल भएको विद्युत प्राविधिकरण जाजरकोट प्रशारण लाइनका प्रमुख लोकबहादुर खड्काले जानकारी दिनुभयो ।

जाजरकोटको सात स्थानीय तह मध्य बारेकोट गाउँपालिका र बारेकोट गाउँपालिका मात्र विद्युतको प्रशारण लाईन पुग्न सकेको छैन । अन्य स्थानीय तहमा प्रशारणलाइन निर्माण गर्ने काम भइरहेको तर कोभिडका कारण केही समस्या भएको प्रमुख खड्काले जानकारी दिनुभयो ।

प्रदेश कार्यालयले पोल जति माग भएपनि दिन सकिने तर तार भने बमोजिमको दिन नसक्दा जताततै अभाव भएको बताएको छ । विद्युत प्राद्यिकरणलाइ नै आपूर्ती गर्ने निकायले सामग्री नै कम दिएको बताएको छ ।

दुइ वर्ष भित्र जाजरकोटलाइ विद्युतीकरण लक्ष्य लिएको प्रदेशसभा सदस्या गणेसप्रसाद सिंहले बताउनुभयो । जाजरकोटमा निर्माण हुँने दुई आयोजना र डोल्पाको एक आयोजना निर्माणका लागि १३२ केभी प्रशारण लाइन तत्काल बन्नुपर्ने बाध्यता रहेको छ ।

 





error: Content is protected !!