कोरोना महामारी रोकथाम तथा  नियन्त्रणमा हालसम्म , छेडागाड नगरपालिकाले गरेका प्रयासहरु र अनुभूति

देबबहादुर बुढा

कोरोना भाइरसले विश्वमा महामारीको रुप लिइरदा नेपाल पनि यसबाट अछुतो रहन सकेन । कोरोनाको संक्रमण फैलिन नलिन संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारले समेत विभिन्न सतर्कताका क्रियाकलापहरु अगाडी बढाउनु पर्ने भयो । यसै क्रममा देशको पश्चिमी भागमा रहेको दुर्गम तथा अति विकट पहाडी जिल्लाजाजरकोट अन्तगर्त छेडागाड नगरपालिकाले सतर्कता बढाउन निम्न क्रियाकलापहरु मार्फत रोकथाम तथा नियन्त्रणका असल प्रयास अगाडी बढाएको छ ।

कोरोना भाइरस पूर्व नगरपालिकाको अवस्था

आजको दिनसम्म नगरपालिकाको कार्यालयमै फोनले काम नगर्ने स्थानीय तहका नागरिकले सेवा लिन र कर्मचारी, जनप्रतिनिधि भएर सेवा प्रदान गर्न कुरा कम चुनौतीको विषय छैन । यातायातको सहज पुहँच, आवश्यक उपकरण सहितको स्वास्थ्य सेवा, र  विद्युत त हाम्रो लागि आकाशको फल सरह भएको छ ।सामान्य सामान लिन नेपालगंञ्ज वा सुर्खेत धाउनु हाम्रो बाध्यता भएको छ ।

 

साविकका ६ वटा गा वि स समावेश भएर स्थापना भएको नगरपालिकाको क्षेत्रफल २८४.२ वर्गकिमी  र जनसंख्या ३५२९५ (२०६८ को जनगणना अनुसार)  रहेको छ । जुनबेला विकासका पूर्वाधार निर्माणको अभियानमा जुटिरहेको नगरपालिकाका सामू कोरोना विरुद्धको लडाई लड्नुपर्ने अवस्थाले फेरी पनि एक गाउँबाट अर्को गाउँसडक पुराउने,  चुइरहेको छाना भएको विधालयमा पढीरहेका बालबालिका नचुइने नयाँ विधालय भवनमा पढ्न पाउने, शुद्ध खानेपानी खाने प्रतिक्षामा बसेका आम नागरिकहरुको चाहनालाई फेरी पनि एकपटक तगारो मात्र बनेन् कोरोना संक्रमणका कारण जीवन रहने वा नरहने अवस्थाबाट मनसपटलमा फरक बनाइदियो ।

 

साविकका ६ वटा गा वि स समावेश भएर स्थापना भएको नगरपालिकाको क्षेत्रफल २८४.२ वर्गकिमी  र जनसंख्या ३५२९५ (२०६८ को जनगणना अनुसार)  रहेको छ । जुनबेला विकासका पूर्वाधार निर्माणको अभियानमा जुटिरहेको नगरपालिकाका सामू कोरोना विरुद्धको लडाई लड्नुपर्ने अवस्थाले फेरी पनि एक गाउँबाट अर्को गाउँसडक पुराउने,  चुइरहेको छाना भएको विधालयमा पढीरहेका बालबालिका नचुइने नयाँ विधालय भवनमा पढ्न पाउने, शुद्ध खानेपानी खाने प्रतिक्षामा बसेका आम नागरिकहरुको चाहनालाई फेरी पनि एकपटक तगारो मात्र बनेन् कोरोना संक्रमणका कारण जीवन रहने वा नरहने अवस्थाबाट मनसपटलमा फरक बनाइदियो ।

कोरोना भाइरस के हो ? कसरी संक्रमण हुन्छ ? र बच्न के गर्नुपर्छ ? भन्ने कुराको सचेतना हाम्रा नागरिकलाई न्यूनतम रुपमै भए पनि बुझाउन निकै समय लिनु परो । शुरुशरुमा        भारत तथा अन्य मुलुकबाट घर फर्केका नागरिकलाई क्वारेन्टाइनमा राख्नु हाम्रो लागि फलामको च्यूउरा चपाउनु सरह थियो । मुस्किलले क्वारेन्टाइनमा राखिएका नागरिक राती भागेर घर गएको त कोहीलाई बीचबाटोबाटै फर्काइ ल्याइएका प्रशस्त घटना हामी ले झेल्नु परो ।

नगरपालिकामा संक्रमण रोकथाम तथानियन्त्रणका लागि आवश्यकपर्ने पीपीई,थर्मलगण,सेनिटाइजर,KN95मास्क,क्लोरिन,स्प्रिट,लगायतका अति आवश्यक स्वास्थ्य सामग्रीको संख्या जिरो थियो। सर्जिकल मास्क, इक्जामनेशन ग्लोब्स, सर्जिकल ग्लोब्स, भाइरेक्स स्वास्थ्य संस्थामा आवश्यक पर्ने संख्यामा मात्रै सिमित थियो । भने RDT र VTM KITS को त नामै नसुनिएको अवस्था थियो । क्वारेन्टाइन र आइसोलेसन भन्ने शब्दको अर्थ बुझ्न हामीलाई समेत केही दिन लाग्यो ।

नगरपालिकामा संक्रमण रोकथाम तथानियन्त्रणका लागि आवश्यकपर्ने पीपीई,थर्मलगण,सेनिटाइजर,KN95मास्क,क्लोरिन,स्प्रिट,लगायतका अति आवश्यक स्वास्थ्य सामग्रीको संख्या जिरो थियो। सर्जिकल मास्क, इक्जामनेशन ग्लोब्स, सर्जिकल ग्लोब्स, भाइरेक्स स्वास्थ्य संस्थामा आवश्यक पर्ने संख्यामा मात्रै सिमित थियो । भने RDT र VTM KITS को त नामै नसुनिएको अवस्था थियो । क्वारेन्टाइन र आइसोलेसन भन्ने शब्दको अर्थ बुझ्न हामीलाई समेत केही दिन लाग्यो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्ने सन्दर्भमा नगरपालिका कार्यपालिका बैठकको निर्णय बमोजिम स्थापना भएका स्वास्थ्य सहायता कक्ष र स्वास्थ्य संस्थाहरुबाट पीपीई, ग्लोब्स, मास्क, थर्मलगण, सेनिटाइजर लगायतका अतिआवश्यक स्वास्थ्य सामग्रीको माग आउन थाल्यो ।यो क्रम देश भर चलिरहदाँ बजारमा सामग्री अभाव र पाइएको सामग्रीकोमूल्य पनि निकै चर्को थियो  ।अति आवश्यक सामग्री  नेपालगंञ्ज, सुर्खेत, काठमाण्डौ सम्म खोजी गरियो । प्रयाप्त मात्रामा व्यवस्था गर्न सकिएन । एकातिर जिल्ला प्रशासन, जिल्ला जनस्वास्थ्यकार्यालय तथा संञ्चारकर्मीहरुबाट मौज्दात सामग्रीको अवस्थाका बारेमा पटकपटक सोध्ने काम हुन्थ्यो ।भने अर्कोतिर नजिकैको स्थानीय तहको तयारीको सन्दर्भमा जोडिने कुराले थप दबाब सिर्जना गरिरहन्थ्यो । भौगोलिक रुपमा विकट, स्रोत साधनको सीमितताका बाबजुद पनि  नगरपालिकाले यस अवधिमा गरेका मुख्य मुख्य कामहरु  जानकारी गराउने प्रयत्न गरिएको छ ।

संस्थागत संरचना तथा जनचेतनातयारी

  • वडा तथा नगरपालिका स्तरीय कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समिति गठन,
  • वडाको पायक पर्ने विभिन्न स्थानमा गरी जम्मा १८ स्थानमा स्वास्थ्य सहायता कक्ष निर्माण, स्थापना भएका सहायता कक्ष र वडा स्तरीय समन्वय समितिबाट कोरोना भाइरसको स्तर, भाइरस सर्ने विधी, संक्रमितको लक्षण, उपचार रोकथाम तथा नियन्त्रणका उपायहरुका बारेमा जनचेतना फैलाउने, भारत, तथा अन्य मुलुकमा भएका नागरिकहरुको विवरण संकलन गर्ने, क्वारेन्टाइन र क्वारेन्टाइनमा स्थानमा बस्नुपर्ने कारणहरुका बारेमा जानकारी दिने,
  • प्रकोप व्यवस्थापन कोष स्थापनापरोपकारी संस्था तथा मनकारी दातालाई सहयोगको आव्हान,
  • स्वास्थ्य कर्मीहरुको विवरण तथा सम्पर्क नम्बर सार्वजनिक तथा माथिल्ला निकायलाई जानकारी गर्ने,
  • प्रत्येक वडाको पायक पर्ने स्थानमा ५/५ बेडको क्वारेन्टाइन निर्माण भएका क्वारेन्टाइनमा भारतबाट नेपाल आउने नागरिकको संख्या अत्यधिक भई व्यवस्थापनमा समस्या हुने कुरालाई मध्यनजर गर्दै मिति २०७७/२/१० गतेको बैठकबाट निम्न विधालयमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय भए पश्चात स्थापना भएका क्वारेन्टाइनहरु र क्षमताको विवरण ।
  • जनज्ञानकुञ्ज क्याम्पस छेडागाड वडा नं ३ दशेरामा १३७ बेडभएको,
  • बाल मा वि छेडागाड नगरपालिका ११ झाप्रामा २१५ बेडभएको,
  • चन्द्रज्योति आधारभूत विधालय छेडागाड नगरपालिका १२ मनाघाटमा २११ बेडभएको,
  • नारायणी मा वि छेडागाड नगरपालिका १२ कार्कागाउँमा १९८ बेडभएको,
  • रामोदय मा वि छेडागाड नगरपालिका ४ जेवामा १२० बेड भएको,
  • कालिका मा वि छेडागाड नगरपालिका १ स्वडारीमा ७२ बेडभएको,
  • ६ नं वडा कार्यालयको हलमा २१ बेडभएको,

जम्मा ९७४ जनालाई क्वारेन्टाइनमा राखि तोकिएको अवधि पूरा गरी पिसीआर तथा RDT परीक्षण गरी घर पठाइएको ।उक्त क्वारेन्टाइनमा बस्ने नागरिकहरुको खानापान तथा बसोबासमा तथा संम्भावित स्वास्थ्य सम्बन्धी जोखिमलाई मध्यनजर गर्दै प्रत्येक क्वारेन्टाइनमा स्वास्थ्यकर्मीलाई आवश्यकता बमोजिम नगरपालिका संग समन्वय गर्ने गरी समग्र (आर्थिक) व्यवस्थापनको जिम्मेवारी सहित खटाउने व्यवस्था गरियो जसले गर्दा क्वारेन्टाइनको समग्र पाटो सहज बनेको महसुस भएको छ । उल्लेखित क्वारेन्टाइनमा बस्नुभएका सबै नागरिकलाई मास्क, ब्रस मञ्जन,साबुन,सेनिटाइजर समेत आवश्यकता बमोजिम प्रत्येकलाई वितरण गरेको अवस्था छ ।

  • आइसोलेसन निर्माण
  • दशेरा स्वास्थ्य चौकी भवनमा २० बेडको आइसोलेसन सेन्टर निर्माण(हाल संक्रमितहरु यसै आइसोलेसनमा बसेर पूर्ण रुपमा निको भई घर फर्किरहनु भएको छ भने १ जना मिति २०७७ श्रावण २४ देखि यसै आइसोलेसनमा उपचाररत हुनुहुन्छ र अवस्था हालसम्म सामान्य छ ।

         नागरिकको आवागमन तथा सवारी साधनको बन्दोबस्त

  • मिति २०७७ जेठ १० गते नेपालगंज तथा कोहलपुरमा अलपत्र परेका हाम्रा नागरिकलाई त्यहाँबाट थलह बजारसम्म बसमा सुरक्षित स्थानान्तर गराइएको.
  • मिति २०७७ वेठ १३ गते देखि २०७७ जेठ २४ गते सम्म खासगरी भारतबाट आएका नागरिकलाई छेडाचौरबाट माथि उल्लेखित क्वारेन्टाइनमा ओसार्ने गरी एक बस भाडामा लिइएको,
  • नगरपालिका, थलहबजारबाट क्वारेन्टाइन व्यवस्थापन तथा संञ्चालनको लागि आवश्यक क्वारेन्टाइन निर्माण सामग्री ढुवानीको लागि नगरपालिका सहित अरु आवश्यकता बमोजिम ट्याक्ट्रर प्रयोग गर्ने गरेको,
  • क्वारेन्टाइनमा रहेका नागरिकहरु विरामी भएमा तत्काल सुविधा सम्पन्न अस्पतालमा पुराउनको लागि नगरपालिकाले आफ्नै एम्बुलेन्स तयारी अवस्थामा राखेको ,
  • क्वारेन्टाइनमा बसबाट नागरिक ओसार्दा संम्भावित बर्षाका कारण हुन सक्ने सडक अवरोधको अवस्थालाई मध्यनजर गर्दै आफ्नै ब्याक्होलोडरले सडक मर्मतको काम गरिरहेको,
  • क्वारेन्टाइन रहेका नागरिकको व्यवस्थापन र स्वाथ्य अवस्थाका बारेमा जानकारी लिन र स्वाब संकलन गरी सुर्खेत प्रयोगशाखामा पठाउन आवश्यक भएको बेला आफ्नो गाडी सहित थप अरु गाडी पनि प्रयोगमा ल्याएको,

गरीब तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण

वडा राहत सामग्री वितरण वापतको रकम वडा राहत सामग्री वितरण वापतको रकम वडा राहत सामग्री वितरण वापतको रकम
 रु ५९७२८०  रु ४०४९१८  रु ३५७२७६
 रु ४४६१६१  रु ७०३८५६ १०  रु ५६६०४६
 रु ५५१८३४  रु १९२९७६ ११  रु ५५०६६२
 रु ३९७३४२  रु ५३२२२० १२  रु ५६७११६
  १३  रु ६५५०८६

जम्मा रु ६५,२२,७७३.०० बराबरको खाद्य सामग्री चामल, तेल, नुन, दाल र साबुन खरिद गरीप्रत्येक वडामार्फत वडा समन्वय समिति तथा सर्वपक्षीय समितिको बैठकबाट अति विपन्न तथा असहाय ४२४३ घरपरिवारलाई छेडागाड नगरपालिकाको गरिब तथा विपन्न परिवारलाई निशुल्क राहत सामग्री वितरण सम्बन्धी कार्यविधी २०७७ बमोजिम उक्त सामग्री वितरण गरिएको छ ।

 औषधीतथा स्वास्थ्य सामग्री र परीक्षणको बदोबस्त

क्वारेन्टिननिर्माणको लागी आवश्यक सामग्री, कोरोनारोकथामको लागी आवश्यक औषधि, VTM तथा RDT,आइसोलेसनबेड रअक्सिजनसिलिण्डर,मास्क,सेनिटाइजर,थर्मलगण,पीपीइसेट, क्वारेन्टाइन तथा आइसोलेसन संञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक भाडाकुँडा,खानेपानी पाइप, ड्रम लगायतका सामग्रीखरिद गरी वितरण तथा व्यवस्थापन  गर्ने काम भयो । शुरुमा जिल्ला जनस्वास्थ्य कार्यालय संगको समन्वयमा २०७६ चैत्र १ देखि २०७७ बैशाख १६ सम्म नगरपालिकामा भारत तथा तेस्रो मुलुकबाट आएका १४६ जना नागरिकहरुको RDT परीक्षण गरी घरमा होम क्वारेन्टाइनमा बस्ने सल्लाह सहित घर पठाइयो । र त्यस अवधि पछि नगरपालिका प्रवेश गर्ने तपसीलका नागरिकको परीक्षण बमोजिम गरियो ।

सि नं RDT TEST PCR TEST
नेगेटिभ पोजेटिभ जम्मा नमूना संकलन रिपोर्ट आएको पोजेटिभ नेभेटिभ जम्मा आइसोलेसनमा भएको
२६० २६२ १४३० १४३० १४२२ १४३०

 तालिकामा पीसी आर रिपोर्ट पोजेटिभ भएका ७ जना निको भई पुन परीक्षण भएको पीसी आर रिपोर्ट र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा घर पठाइएको छ भने १ जना मिति २०७७ श्रावण २४ गतेदेखि आइसोलेसनमा उपचाररत हुनुहुन्छ त्यस्तै उहाँ सहित आजै २८ जनाको स्वाब संकलन गरी परीक्षणको लागि चौरजहारी पठाउने तयारी गरिएको छ  ।पीसीआर स्वाबं संकलन गर्ने प्राविधिक स्वास्थ्यकर्मी हामी कहाँ नै हुनु हाम्रो लागि थप सकरात्मक र सजिलो विषय बन्यो ।

हाम्रो यो कोरोना भाइरस संक्रमण विरुद्धको आजको मितिसम्मको अभियानमा नगद तथा  जिन्सी सामग्री उपलब्ध गराउनु हुने परोपकारी संस्था र समाजसेवीहरुलाई आर्थिक आभार सहित धन्यबाद व्यक्त गर्दै थप सहयोगको अपेक्षा राख्दछौ । यसरी सहयोग गर्नुहुने दाताहरुको नाम ठेगाना र नगद वा जिन्सीको विवरण समेत स्पष्ट खुलाई केही  दिनमै नगरपालिकाको बेवसाइटमा  र  विज्ञप्ति मार्फत सार्वजनिक समेत गरिने छ ।

रिपोर्टिङ,समन्वय र  सम्पर्क

   नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको ढाँचामा स्थानीय तहहरुले सम्पादन गरेका कोरोना भाइरस रोकथामका क्रियाकलापहरु दैनिक रुपमा तयार गरी सोको विवरण (CMIS) नामको  सफ्टवेयरमा भरी अपडेट गराउन सूचना प्रविधि अधिकृतश्री मोहन रानाक्षेत्रीलाई मिति २०७७ बैशाख ६ गते देखि जिम्मेवारी तोकि नगरपालिकाका सम्बन्धित शाखा र आवश्यकता बमोजिम जिल्ला प्रशासन कार्यालय संगको समन्वयमा तोकिएका २१ बुद्धामा रहि दैनिक रिपोर्टिङको हुने व्यवस्था मिलाइएको छ ।

अन्त्यमा

उल्लेखित काममा खटिरहदाँ व्यहोर्नु परेको दुख आगामी दिनमा हाम्रो लागि सिकाई भएको महसुस भएको छ । यस बीचमा कतै गुनासा नआएका होइनन् तर त्यो भन्दा बढी स्यावासी र हाम्रो कार्यसम्पादनमा लयमा भएको महसुस भएको छ। जनप्रतिनिधिको सक्रियता, स्वास्थ्य कर्मी, कर्मचारीको लगनशीलता र नागरिक अगुवा, सुरक्षाकर्मी, स्वंयमसेवकहरुको साथले यिनी सबै काम संभव भएको नगरपालिकाले  महसुस गरेको छ ।

बन्दाबन्दीको शुरु प्रारम्भ,  बीच र अत्यपछि कोभिड १९ को व्यवस्थापन र नियन्त्रणमा स्थानीय तहले निर्बाह गरेको भूमिकाले तिनको जिम्मेवारी प्रभावकारिता र अपरिहार्यता झनै मुखरित भएको छ यद्यपि कोरोना संक्रमण नियन्त्रणको सम्बन्धमा संघ र प्रदेश सरकारसंग स्थानीय तहका गुनासो भने नभएको होइन ।संक्रामक रोग व्यवस्थापन संघीय सरकारको अधिकार भए पनि संविधानमा व्यवस्था भएको सहकारिता, सह अस्तित्व र सहकार्य प्रभावी बनेको छ । यो त एकल अधिकारमा हाल व्यवस्था भए पनि भोलिका दिनमा संविधान संशोधन गर्दा नेताले जान्ने विषय बन्ला ।

अब नगरपालिकाले निकट समयमा हुन सक्ने खाद्य संकटलाई मध्य नगर गदै स्थानीय स्तरमा उत्पादन हुने खाद्यसामग्रीको फुड बैक स्थापना गर्ने र विक्री वितरणको बन्दोबस्त मिलाउने,अति आवश्यक तथा दैनिक औषधी सेवन गर्ने व्यक्तिहरुलाई औषधी उपलब्धताको व्यवस्था मिलाउने, वडा तथा पालिकामा भएका स्वास्थ्य समस्यालाई सम्बन्धित वडाको स्वास्थ्य संस्था तथा अस्पतालमा सुचना उपलब्ध गराउने वातावरण सिर्जना गर्ने,आकस्मिक अवस्थाको लागि पीपीई, औषधी, एम्बुलेन्स लगायतका अन्य आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने, क्वारेन्टाइन, आइसोलेसन तथा परीक्षणको आवश्यक प्रबन्ध मिलाउने, कोरोना भाइरसको लडाईको अग्रभाग रहने ल्याबको कर्मचारी निर्मला थापा र उहाँको टीम, आइसोलेसनमा खटिइनुहुने स्वास्थ्यकर्मी तप्त ठकूरी र उहाँको टीम, नगरपालिकाको स्वास्थ्य शाखा र विभिन्न ठाउँमा आ आफ्नो भूमिकामा रहनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधी, स्वंयमसेवक,हरुलाई उहाँहरुको भूमिकाको आधारमा थप उत्प्रेरणा जगाउने खालका कार्यक्रमहरु जिम्मेवारी बमोजिमको प्रोत्साहन भत्ता, कोरोना बिमा,लगायतका कार्यक्रम ल्याईअभियानमा लाग्ने महानुभावहरुको उच्च मनोबल राख्ने काममा नगरपालिका थप जिम्मेवार भैदिनु आवश्यक छ।

(लेखक बुढा छेडागाड नगरपालिकाका सूचना अधिकारी हुनुहुन्छ )





error: Content is protected !!