डोल्पामा च्याउ खाएर चार सिकिस्त, हेलिकोप्टरबाट उद्धार

डोल्पा ः डोल्पा ठूलीभेरी नगरपालिकामा पर्ने पोखेपानी पाटनमा गोठाला बसेका स्थानीयले च्याउ खादा विरामी भएका छन् ।

विरामी पर्नेहरुमा ठूलीभेरी नगरपालिका– ७ का ३१ सूर्यबहादुर शाही, उत्तम शाही, वडा नं ८ का सत्यबहादुर शाही र कमलबहादुर शाही रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।
उनीहरूले आइतबार साँझ च्याउ खाए पनि सिकिस्त परेको खबर सोमबार बिहान ७ बजे मात्र आफूहरूकहाँ आएको र त्यसलगत्तै घटनास्थलमा प्रहरी खटाइएको प्रजिअ सुनारले बताउनुभयो ।

उनीहरू चारैजनालाई उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमा नेपालगन्ज पठाइएको छ । बिरामी कुरुवासहित आठजना भएकाले सिम्रिक एयरले दुई उडान गरेको प्रशासनले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हेलिकोप्टर चार्टर्ड गरी बिरामीलाई नेपालगन्ज पठाइएको बताउँदै चारैजनाको अवस्था सिकिस्त रहेको ठूलीभेरी नगरपालिकाले जानकारी दिएको छ ।





error: Content is protected !!