दैनिक ढल्दै घर , थपिदै त्रिपालको बसाइ

हेमन्त केसी
जाजरकोट –  दैनिक झिमझिम पानी वर्षीन नछोड्दा बारेकोट गाउँपालिकामा सग्ला घरहरु भकाभक भत्किने क्रम जारी रहेको छ ।

बाढी पहिरोबाट थिलो , थिलो भएको भूभागमा निरन्तर पानी पर्दा सध्य घरहरु पनि भत्किदा दैनिक त्रिपालको बास बस्नेहरुको संख्य बढेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो , उहाँले भन्नुभयो , “ दैनिक घरहरु भत्किरहेका छन् , हामी व्यवस्थापनको समस्याले हैरान भईक्यो । हाम्रो फाइल गृहमन्त्रालयमा कहिले जान्छ , फेरी संख्य थप्नुपर्ने भयो प्रमुख जिल्ला अधिकारी ज्यू । ”

एकतीर कोभिड १९ को महामारीका कारण देश आक्रान्त भएको बेला बारेकोटमा कोरोनासँगै त्रिपालको बासले सर्वसाधारणहरु हैरान भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसँग सिसिएमसिको वैठकमा आईतबार बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह पीडा सुनाउदै हुनुहुन्थ्यो । एउटा घर सग्लो छैन , आज फेरी दुइ घर भत्किएको खवर छ शाहले भन्नुभयो । समस्या असिमित छन् , स्रोत ,साधन सिमित छ यसलाइ हल गर्न तुरुन्तै अगाडी बढ्नु पर्ने भयो उहाँले भन्नुभयो ।
असार २६ गते देखि त्रिपालमा बसेका सर्वसाधारणहरु अझै कति समय त्रिपालकै बास बस्नु पर्ने हो थाहा छैन , शाहले पीडा सुनाउनुभयो ।

विद्यालय , खूल्ला चौर , अग्ला डाडा कुनै पनि खाली नराखेर स्थानीयवासी ज्यान बचाउन बसीरहेको प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो । बिभिन्न निकायबाट राहत बारेकोटमा पठाएपनि अझै गाउँ , गाउँमा सो राहत पुग्न सकेको छैन ।


बाटो भत्किएको छ , खोलाहरुमा पानीको वहाव घटेको छैन बारेकोट गाउँपालिका –५ का प्रकाशमान सिंहले भन्नुभयो , “ राहत नाममा टाँठाबाँठाले मात्र लिएको देखियो , बास्तविक पीडित उही पुरानै घाउको डोव पुरिएको छैन । ” दैनिक निरन्तर वर्षाका कारण बारेकोट गाउँपालिकामा कोरोनाको त्रास भन्दा बाढी पहिरोको त्रास धेरै भएको सर्वसाधारणहरु बताउँछन् ।

राहत वितरणमा विभेद भएको भन्दै यूवा संघ , पत्रकार बीरबहादुर गिरीको संयोजकत्वको टिमले केही बारेकोटमा राहत वितरण गरि आईतबार मात्र फर्किएको छ । करीब रु ५ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको हो ।

पत्रकार गिरीको संयोजकत्वमा राहत संकलन समिति गठन गरी करीब रु ५ लाख सहयोग संकलन भएको थियो । संकलन भएको उक्त रकम मध्य ४ लाख बराबरको राहत सामग्री खरिद गरिएको र बाँकी मृतकका परिवारलाई नगद हस्तान्तरण गरिएको हो ।

पत्रकार गिरीले वार्ड नं ४ जिरीको सार्की टोलमा गएको पहिरोमा परेर मृत्यु भएका २ घर परिवारलाइ २०/२० हजार, वार्ड नं. ६ धुमामा मृत्यु भएका २ घर परिवारलाई १०/१० हजार, मुल्साममा खोलामा बगेर ज्यान गुमाएका एक परिवारलाई १० हजार र पछ्याप्री गाउँमा घर जलेका ३ घर परिवारलाई ७/७ हजारका दरले नगद पनि प्रदान गरिएको छ ।

बारेकोटमा पहिरोका कारण ठूलो जनधनको क्षेती भएपछि बारेकोट घर भएका प्रेस संगठन नेपाल कर्णाली प्रदेश समिति संयोजक समेत रहेका पत्रकार गिरीको संयोजकत्वमा राहत संकलन समिति गठन भएको हो । समितिलाई देश विदेशबाट मनकारी व्यक्तिहरुले नगद रकम सहयोग गरेका थिए । संकलन भएको रकमबाट खरिद गरिएको राहत सामग्री र नगद सम्बन्धित स्थानमा शनिबार एक कार्यक्रमको आयोजना गरी १६५ घरपरिवारलाइ हस्तान्तरण गरिएको संयोजक गिरीले जानकारी दिनुभयो ।

आफूहरुको सहयोगले पहिरोले विस्थापित भएर बारेकोटका विभिन्न स्थानमा त्रिपालमुनी बसेका परिवारलाई थोरै भए पनि राहत पुग्ने उहाँको विश्वास छ । मानवीय सेवाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पीडितहरुको दिर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित पक्ष जिम्मेवार बन्नु पर्ने गिरीको माग छ ।

बारेकोट गाउँपालिका – ४ र ६ मा पहिरोले बढी मानवीय क्षति पुर्याएको थियो । वार्ड नं ४ जिरीको सार्कीटोलमा १२ जनाको मृत्यु भएको थियो भने वार्ड नं ६ धुमा गाउँमा २ जनाको मृत्यु भएको थियो । पहिरोले बारेकोटका अधिकांश गाउँहरु पहिरोको जोखिममा परेका छन् । जमिन चर्किने, भत्किने र बग्ने क्रम ठूलो पानी पर्दा अहिले पनि जारी रहेको बारेकोटका पहिरो पीडित बताउँछन । १ हजार २ सय भन्दा बढी विस्थापितहरु त्रिपाल तथा विद्यालयमा बसीरहेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!