कर्णाली प्रदेशमा बिहीबार सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले भोलि ४ भदौ (बिहीबार)का दिन प्रदेशको स्थापना दिवस तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने गरेको हो ।

कर्णाली प्रदेश मन्त्रिपरिषद्को प्रदेशको स्थापना दिवस तथा सहिद दिवसका अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले बताए ।

कर्णाली प्रदेश स्थापनाका क्रममा ०७२ साउन र भदौमा सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको निधन भएको थियो ।





error: Content is protected !!