तीज महिलाहरुको सौभाग्य र संघर्षको प्रतिक

–के.वि.मसाल
यो वर्षको तीजमा महिलाहरुले कोरोना कहरका कारण मन्दिर र सार्वजनीकस्थलमा निस्केर ठुलो भिडभाड सहित पूजा पाठ, नाचगान तथा रमाइलो गन नपाउने भएका छन् । तर पनि वैकल्पिक उपायहरु खोज्दै महिलाहरु रमाइरहेका छन् । तीजका नयाँ नयाँ गीतहरु युट्युबमा आइरहेका छन् । पारिवारिक जमघट गर्दै तीजको गीतमा २–३ पुस्ता सँगै नाचेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

रातो सारी पहिरिएर सुख–दुःखका भाकाका गीत गाउँदै नाच्ने पर्वका रुपमा तीजलाई लिइन्छ । महिलाहरु आफ्ना साथीसँगीसित नाचगान गर्दै सुख–दुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो संघर्ष, व्यथा हलुङ्गो भएको महसुस गर्छन् । तर यो वर्ष भने कोरोना भाइरसले तीज र तीजका गीतमा प्रभाव पारिरहेको छ । त्यसो त केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरुप पूरै हराउने अवस्था देखिएको छ । तीजमा गरिएको खर्च उत्पादनमूलक वस्तुमा हुन पर्दछ । हामीले चाडपर्वलाई बोझिलो र खर्जिलो होइन सबैका लागि रमाइलो बनाउन सक्नुपर्छ ।

तीज पर्व मुख्यतः तीन दिनसम्म विशेष महत्वका साथ मनाउने गरिन्छ । भाद्र शुक्ल द्वितीयाको दिनलाई दर खाने दिन भनिन्छ । त्यसको भोलिपल्ट तीजको दिन सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । यस दिनमा महिलाहरु निराहार व्रत बस्ने, दिनभरी नाचगान गर्ने र शिवको पूजा आराधना गर्ने गर्दछन् । यस दिन विवाहित तथा अविवाहित दुवैथरी महिलाहरु व्रत बस्ने गर्दछन् । त्यस दिन गरिने व्रतमा परिवेश अनुशार विभिन्नता पाइन्छ । कसैले पानी पनि नखाई साँझमा फलफूल र दुध खाने गर्दछन् भने कसैले भोलिपल्ट विहान व्रत समाप्त भएपछि मात्र खाना खाने गर्दछन् । तीजको अर्को महत्वपूर्ण दिन ऋषि पञ्चमी हो । यस दिन महिलाहरु बिहान सबेरै उठी नदी, तलाउ, पँधेरो आदिमा गएर नुहाउने गर्दछन् । यसदिन दत्तिवन चपाउने चलन पनि छ । ऋषिपञ्चमीका दिन ३६५ वटा दत्तिवनका टुक्राहरु चपाइन्छ ।

 

तीजको अर्को महत्वपूर्ण दिन ऋषि पञ्चमी हो । यस दिन महिलाहरु बिहान सबेरै उठी नदी, तलाउ, पँधेरो आदिमा गएर नुहाउने गर्दछन् । यसदिन दत्तिवन चपाउने चलन पनि छ । ऋषिपञ्चमीका दिन ३६५ वटा दत्तिवनका टुक्राहरु चपाइन्छ ।

तीज पर्व नेपाली महिलाहरुको महान पर्व बनेको छ । यो पर्व नेपाली महिलाहरुको पहिचानको पर्व पनि हो । सामाजीक सास्कृतिक लगायतका विभिन्न विविधताले भरिएको तीज सस्कृति पर्व हो । महिलाहरुले मात्र मनाउने यो पर्व को आफ्नै विशेषता छ । यो पर्व विगतमा विशेष गरि हिन्दु महिलाहरुले मनाउने गर्दथे । वर्ष दिनमा माइती घर जानको लागि यहि पर्व कुरी बस्ने गर्दर्थे । उनिहरुले यहि पर्वमा नयाँ कपडा पनि लगाउन पाउदथे । र यहि पर्वको अवसर पारेर घर र माइतीमा सहन परेको विभेद खोतल्दथे । यो पर्वको शिर भनेको नै गीत हो । यहि गीतको माध्यमबाट सामाजीक असामनताको चिरफार गर्देथे । धार्मीक दृष्टिकोण अनुसार तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पुजा गर्ने ऐतिहासिक पर्व हो ।

धार्मीक परम्पराअनुसार हिमालय पर्बत की छोरी पार्वतीको सानै उमेर देखि महादेवसंग गहिरो प्रेम थियो । हिमालय पर्बतले विष्ण्ुालाई छोरी कन्यादान दिन तयार भएको पार्वतीले थाहा पाएर उनी भागेर जंगल गईन र महादेवको तपस्या गरिन । यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्बतले स्विकार गर्नु पर्यो । यहि ऐतिहासिक कथाको आधारमा तीज मान्ने गरिन्छ । हम्रोे परम्परामा बिहे भएर पराईघर गएपछि चेलीहरुलाई गरेका व्यवहार, भोग्नुपरेका दुःख, नन्द, अमाजु, देवर र सासुको बुहार्तन साथै जन्म दिएर आफ्नोे काखमा हुर्केकी छोरीलाई पराईको साथमा पठाउने बा आमासंग दिदीबहिनीहरु जम्मा भएर माईतीको आगनमा आफ्नो मनका पिडाहरु गीत मार्फत व्यक्त गर्ने चाड हो तीज ।

हाम्रो सास्कृतिक मान्यताहरु समाजलाई समय अनुसार रुपान्तरण गर्दै अगाडी बढ्नु पर्दछ । यसलाई हामीहरुले समाजमा यसलाई सस्कृतिको रुपमा बचाउदै लैजान सक्नु पर्दछ । पर्वलाई विकृती तिर लैजानु हुदैन । सुरुका दिनमा नारी संघर्षको प्रतिमुर्तिका रुपमा मानिदै आएको यो पर्व अहिले आएर पार्वतीको त्याग, तपस्या र महत्वलाई विर्सेर कथित सौभाग्यको रुपमा महंगा कपडा र गहनाहरु लगाएर प्रतिस्पर्धात्मक किसिमले भडकीलो रुपमा मनाउन थालिएको छ । यसले हाम्रोे समाजका मध्यमवर्गीय परिवारमा सिधै असर पर्ने गरेको छ । यसले एकातिर महिलाको आत्मधिकारको सवालसंग जोडिएको यस पर्वलाई सामाजिक विकृतीको रुपमा विकास गर्दै लगेमा भोलिका दिनमा यो पर्वले ठूलो समस्या नपर्ला भन्न सकिन्न ।

हिन्दुनारीहरुको महान पर्व हरितालिका तीज नारी संघर्षको प्रतिक हो । यसको महत्वलाई बुझेर हाम्रो धर्म, संस्कार र सस्कृतीको मूल्य, मान्यता र तिनीहरुको मौलिकतालाई लोप हुन दिनु हुदैन । यस पर्वमा हुर्कदै गरेको भड्कीलोपनलाई आजैबाट रोकेर यसको महत्वलाई अझै उचो पार्दे लान सक्नु पर्दछ । तर अहिले महिलाको महान पर्वको रुपमा रहेको तीजको ऐतिहासिक महत्व हराउदै जान थालेको छ । पश्चिमा संस्कृतिको प्रभाव र बढ्दो आधुनिकीकरणले महिलाले भोगेका बेदना र समस्यालाई अभिव्यक्त गर्ने माध्यम बनेको महिलाको तीज पर्व अहिले आधुनिक गित र संगीतमा रमाउन थालेका छन ।

 

हिन्दुनारीहरुको महान पर्व हरितालिका तीज नारी संघर्षको प्रतिक हो । यसको महत्वलाई बुझेर हाम्रो धर्म, संस्कार र सस्कृतीको मूल्य, मान्यता र तिनीहरुको मौलिकतालाई लोप हुन दिनु हुदैन । यस पर्वमा हुर्कदै गरेको भड्कीलोपनलाई आजैबाट रोकेर यसको महत्वलाई अझै उचो पार्दे लान सक्नु पर्दछ । तर अहिले महिलाको महान पर्वको रुपमा रहेको तीजको ऐतिहासिक महत्व हराउदै जान थालेको छ । पश्चिमा संस्कृतिको प्रभाव र बढ्दो आधुनिकीकरणले महिलाले भोगेका बेदना र समस्यालाई अभिव्यक्त गर्ने माध्यम बनेको महिलाको तीज पर्व अहिले आधुनिक गित र संगीतमा रमाउन थालेका छन । तीज पर्व आउनुभन्दा दुई महिना अघिदेखि नै तीजका भाकाका गीत घन्कनु र दरखाने परम्परामा मासाहरी खाना खानुले तीजको मर्मको उपहास गरिएको छ ।

महिलाले भोगेका पीडा, दुःख, बेदना पोख्ने माध्यमको रुपमा तीजको महिमा रहेको थियो । महिलाले घास, दाउरा गर्दाका पीडादेखि लिएर सासुले बुहारीमाथि र जेठानीले देउरानीमाथि हुने गरेको थिचोमिचोका घटनाहरु तीजका गितहरु बन्दथिए । तर आजभोली राजधानिका गल्ली होस या अरु कुनै पनि शहर बजार अनि गाउ घर तिर जानुहोस तीज सुरु हुनु भन्दा अगाडी देखिनै तडक भडक सुरुहुन्छ । पश्चिमेली संगीतमा छाडा सस्कृतिका तीजका गित सुन्न पाईन्छ । पहिले जस्तो तिजका गितमा आम समाजका घटेका घटना तथा महिलाका आफ्नै व्यथा अनि भगवानलाई पुकारेर उनकै बारेमा तिज गित बनाएर गाउने प्रचलन हराउन थालेको छ । तीजलाई आज भोली माया पिरतिका उरन्ठाउला गित बनाएर आफ्नो सस्कृतीलाई विकृती बनाउन खोजिएको छ । चली आएको परम्परालाई आधुनिक शैलिमा मनाउनु त कुनै नौलो होईन तर संकृतिमै दाग लाग्ने गरी परिवर्तन गर्नु राम्रो होईन । यसले हाम्रो समाजलाई कस्तो बनाउला ? समयमानै सोच्न जरुरी छ ।

पहिले जस्तो तिजका गितमा आम समाजका घटेका घटना तथा महिलाका आफ्नै व्यथा अनि भगवानलाई पुकारेर उनकै बारेमा तिज गित बनाएर गाउने प्रचलन हराउन थालेको छ । तीजलाई आज भोली माया पिरतिका उरन्ठाउला गित बनाएर आफ्नो सस्कृतीलाई विकृती बनाउन खोजिएको छ । चली आएको परम्परालाई आधुनिक शैलिमा मनाउनु त कुनै नौलो होईन तर संकृतिमै दाग लाग्ने गरी परिवर्तन गर्नु राम्रो होईन । यसले हाम्रो समाजलाई कस्तो बनाउला ? समयमानै सोच्न जरुरी छ ।

 

विगत केहिबर्ष यता आएर बढदो सहरीकरण चेतना र आम्दानीसगै फुर्सदिला महिलाहरुको भड्किलो पहिरन, खानपान तथा नाचगानका दृश्य महिनैभरि देखिंदैछ । आर्थिक रुपले पडाडि परेका महिलावर्गलाई हिनता, खिन्नता र लोभ बढाइदिने अवसरका रुपमा तीज मनाइरहेका त छैनौं ? एक पटक सोच्ने गरौ ! भडकिलो शैलीमा तीज मनाउनेले यतातिर सोच्ने बेला आएको छ । जसको कारण सामाजिक, सांस्कृतिक, शास्त्रीय पक्ष भने हराएर जान थालेको छ । अहिलेको तीज भनेको पूर्ण शरीरमा रातो वस्त्र, पहेंला –सुनका गहना, हरियो पोते, रंगीविरंगी अन्य साधन किन्ने लगाउने र दर खाने–खुवाउने नाममा होडबाजी चल्न थालेको छ । घर–घरमा वा पार्टी प्यालेसमा वा होटलमा जमघट र खचिर्लो भोज आयोजनामा तीज पर्वको रुपमा हाम्रा महिला वर्ग रमाउन थालेका छन । दर खान जादा आफूसग नभए पनि अरुका गहना मागेर लगाउने, गहना नभएकाले तीजको भेटघाटमा जानै नचाहने स्थिति पैदा भएको छ । तीजकै लागि भनेर ऋण सापटी खोजेर पनि खचिर्लो र भड्किलो तरिकाले मनाउने, यसको सामाजिक सद्भाव र सांस्कृतिक रसलाई उपेक्षा गरेर उत्ताउला गीत र नाच आयोजना गर्नेक्रम बढेको छ । अर्कोतिर समाजको बहुसंख्यक समूह गरिबीमा बाचिरहेका छन र बहुसंख्यक महिलाहरु आर्थिक कारणबाट यो पर्वलाई मनाउन कठिन हुन थालेको छ ।

पार्वतीले शिवजी नै पतिका रुपपमा पाउ भनी प्रार्थना गरेर ब्रत बसेको अनुकरण गर्नु भनेको पोइल जान पाम, पोई चाइयो …लास्टैचोटी…हो जस्ता गीत गाएर तीजमा उफ्रिनुपर्छ भनेको होइन । नाच्नु–गाउनु आफैंमा संस्कृति र सभ्यताको प्रतिविम्ब हो र मनस्थिति उत्साही बनाउनु जीवनको आवश्यकता हो । तर आफूसग भएको साधन लुकाएर, आफूसग छैन भने खोज्न हिंडेर, तीज मनाइएन भने अरुले के भन्लान भन्ने लोकाचारका नाममा अनावश्यक संकोच, शर्मर हिनताबोध मान्नु आफैमा राम्रो होइन । मानवीय दर्शनको मान्यता छ, हरेक मानिसमा अध्यात्मवादी पनि हुन्छ । किनकि उसग बुद्धिका साथै विवेक पनि छ । धर्मको सार्थकता भनेको मानिसको मनस्थितिलाई सकारात्मक, र सिर्जनशील बनाउदै एउटा शिष्ट र सामाजिक अनुशासनयुक्त जीवन दिनुमा छ । धर्मको देनमै आउछन चाडपर्वहरु जसका आधारमा मौलिक संस्कृति विकसित हुन्छ । यिनीहरुको सही अर्थ लगाउदा चाडपर्वले उतप्रेरणार सिर्जनशीलता बढाउछन् ।
आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरु विवाह पश्चात आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाकी जीवन बिताउनु पर्ने हुन्छ ।

यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रुपमा तीज पर्वको गहन महत्व रहेको छ । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिता सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरुले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्रतकथा सन्ने र बाह्मणहरुलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको ब्रत अन्य ब्रत भन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । दरमा खीर, ढकनी वा सेलरोटी खाने गरिन्छ । तर आधुनिकता सगसगै यसमा खाइने परिकारमा परिवर्तन आउदै गएको छ ।

सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो । दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको ब्रत बसिन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुना हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो ।

तीज पर्वको लागि आवश्यक सर–सामान किनमेल गर्दा सबैलाई ऋण बोकाएको छ । साहुको ऋण तिर्न युवा, युवतीहरु तीज पर्व सकिना साथ फेरि बिदेश फर्किन पर्ने अवस्था छ । तीज पर्वलाई तडकभडक साथ मनाउनु भन्दा पनि यसको महत्वको बारेमा हामीलाई थाहा हुन जरुरी छ । हाम्रो परंपरा र संस्कृतिलाई बचाउनु पर्दछ । यसलाई पर्वको रुपमा मनाउँदा आफ्नो आर्थिक अबस्थालाई ख्याल गर्न सकेनौ भने यसले हामीलाई ऋणमा डुवाउछ । अहिले धेरै घरपरिवारमा त्यस्तै समस्या खडा भएको छ । चाडपर्वको बेला गरेको खर्चको ऋण तिर्न बिदेशिनु परेको छ । पाक्न थालेको धान,मकै र घरमा भएका बस्तुहरु सस्तो मूल्यमा बिक्री गर्नु परेको छ ।

अर्को तर्फ जब महत्वपूर्ण चाडपर्व आउँछ तब बजारमा कृत्रिम मूल्य वृद्धि सुरु हुन्छ । खाद्यान्न, लत्ता कपडाजस्ता तीजमा बढी खपत हुने वस्तुको मूल्य छोइनसक्ने हुन्छ । मनोमानी ढंगले बजार मूल्य बढ्दा, बजारमा अराजकता र अनुशासनहीनता बढ्दै जाँदा सरकार र स्थानीय प्रशासन मूकदर्शक भएर बसिरहेको हुन्छ । सरकार मातहतमा विभिन्न अनुगमन र नियमनकारी निकाय प्रभावी बनेका हुदैनन् । बेलाबखत बजार अनुगमन गरेको प्रचारबाजी गर्छन् तर जतिबेला बजारको गम्भीरतापूर्वक र नियमित अनुगमन गर्नुपर्ने हुन्छ त्यस बेला मौन बसेका देखिन्छन् । यसले गर्दा तीज जस्तो पर्वमा सर्वसाधारण मानिसहरु मूल्यको मारमा पर्दछन् ।

आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरु विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाकी जीवन विताउनु पर्नेहुन्छ । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत वसी नाचगान र मनोरञ्जन गर्दा आफ्नो स्वास्थ्यलाई समेत ख्याल राख्न जरुरी छ ।

तीजको ब्रतबस्दा कतिपय महिलाहरु विरामी हुने र समयमा उपचार पाउन नसक्दा समस्या पैदा हुने पनि गर्दछ । त्यसैले भोको पेट बस्न नहुने महिलाहरुले यो ब्रत लिनुभन्दा पहिल्य आफ्नो स्वास्थ्यको बारेमा ख्याल राखौ ! महान तीज पर्व मनाऔं ! तीज पर्वको उपलक्ष्यमा यहि मेरो शुभ कामना छ ।
मिति ः– २०७७ भाद्र १ गते दाङ





error: Content is protected !!