जाजरकोटमा चार ठाउँमा नयाँ डिपो

हेमन्त केसी
जाजरकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ । खाद्यान्न अभाव हुँने ठाउँलाई मध्यनजर गरी नयाँ डिपो स्थापना गरिएको हो ।

यो भन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्य परेको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई ठाउँ र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरु थपिएको हो । बाढी पहिरोबाट छिया , छिया भएको बारेकोटमा नयाँ डिपो स्थापना गरिएको छ । पहिले घाटमा भएको डिपो सवैको पहुँचमा नभएका कारण काउलीमा नयाँ डिपो स्थापना गरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
तत्काल नयाँ डिपोमा २८१ क्विन्टल चामल पठाएको छ । त्यस्तै घरंगा , टापुचौर , रजुतरा यो वर्ष नयाँ डिपो स्थापना भएका छन् । अघिल्लो वर्ष दल्ली र ताँगामा स्थापना गरिएको थियो । सदरमुकााम सहित चौखा, घाट , दशेरा र घोगीमा पुराना डिपो रहेका थिए ।
अहिले सदरमुकाममा १ हजार ७ सय क्विन्टल , घोगीमा ४०० क्विन्टल र चौखामा ६० क्विन्टल चामल मौजदात रहेको कम्पनीमा जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो । सवै डिपोहरुमा चामल तत्काल पुर्याउनका लागि बोलपत्र आवह्वानको काम पुरा भएकोले महिना दिन भित्र चामल पुग्ने प्रमुख बस्नेतको भनाई छ ।

खाद्यान्न आपुर्ती गर्न सडक मर्मत
बारेकोट पहिरो प्रभावित क्षेत्र दैनिक उपभोग्य सामग्री लिनका लागि सडक मर्मतको काम सुरु भएको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिनुभयो ।
भौतिक पुर्वधार कार्यालयलाई तुरुन्तै नलगाड नगरपालिकाको कालीमटी देखि बारेकोट गाउँपालिका प्रशासकीय केन्द्र लिम्सा सम्माको सडक मर्मत गर्नका लागि निर्देशन दिईसकेको उहाँले बताउनुभयो ।
सडक नहुँदा बारेकोट पहिरो प्रभावित क्षेत्रमा लिने सामग्री कालीमटीमा रोकिएपछि सडक मर्मतका लागि निर्देशन दिईएको हो ।
अहिले खच्चड मार्फत ढुवानी गर्दा सामग्रीको मुल्य भन्दा ढुवानी भाडा बढी पर्न जाँदा आर्थिक हानी भएपछि सडक मर्मतको काम सुरु गरिएको छ ।










