मटेरी युथ युनियन क्लव रामपुरद्धारा ठुलोटारमा सरसफाई

सुशीला रेग्मी
रामपुर (पाल्पा)रामपुर नगरपालिका वडा नं ५ मटेरीको ठुलोटारमा सरसफाई कार्यक्रम भएको छ ।
युथ युनियन मटेरी क्लव रामपुरको आयोजनामा ठुलोटारमा सरसफाई गर्ने काम भएको हो । क्लवका सदस्य, वडा अध्यक्ष हिमाल मल्ल, कार्यपालिका एवम् वडा सदस्य सावित्रा गौतम, न्यायपालिका एवम् वडा सदस्य विष्णुप्रसाद बस्याल, वडा सदस्य माया नेपाली, पत्रकार, स्थानीय बुद्धिजीवी, समाजसेवी, तथा समुदाय गरी करिव एक सय जनाको सहभागीतामा सरसफाई गरिएको सचिव दिपेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
क्लवका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको हो । सरसफाई कार्यक्रममा सहभागीलाई रामपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं ५ का वडा सदस्य सावित्रा गौतम, माया नेपाली, समाजसेवी युवराज रेग्मीले खाजा तथा पानी सहयोग गर्नुभएको छ ।
क्लबले रामपुर नगरपालिकाको राहत वितरणमा सहयोग, देउसी भैलो खेलेर संकलित रकम गरिव विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, युवा वर्गका लागि खेलकुद कार्यक्रम, सामाजिक कार्य लगायतका विभिन्न क्षेत्रमा नमुना काम गर्दै आइरहेको छ ।










