स्थानीय सरकारद्धारा धमाधम चिकित्सक न्यूक्ति

हेमन्त केसी
जाजरकोट – राम्रो सेवा , सुविधा दिएर जाजरकोटका स्थानीय सरकारले धमाधम चिकित्सक न्यूक्ती गर्न थालेका छन् ।
जिल्लाको नलगाड नगरपालिका , जुनिचाँदे गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक न्यूक्ती गरेर सेवा दिन थालेका हुन् । बारेकोट गाउँपालिकाले अघिल्लो वर्ष न्यूक्ति गरेका चिकित्सक अर्को ठाउँमा गएपछि नयाँ चिकित्सक न्यूक्तीका लागि तयारी भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।
दुई वर्ष देखि रिक्त रहेको जुनिचाँदे गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा नयाँ मेडिकल अधिकृत न्यूक्ति गरिएको छ । त्यस्तै नलगाड नगरपालिकाले आफ्नै लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा एमडी चिकित्सक न्यूक्ति गरेर सेवा दिईरहेको छ । बारेकोट गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा अघिल्लो वर्ष न्यूक्ती गरेका चिकित्सक जुनिचाँदे गाउँपालिकामा गएपछि सो ठाउँमा नयाँ चिकित्सक न्यूक्तिको काम सुरु हुँन लागेको छ ।
स्वास्थ्य सेवा कार्यालय , जाजरकोटमा मंगलबार देखि सल्यक्रिया सेवा सुरु गरिएको मेडिकल अधिकृत भुपेन्द्र प्रकास मल्लले बताउनुभयो । जिल्लाका दुर्गम ठाउँमा उपचार नै नपाएर अकालमै नागरिकको ज्यान जाने समस्य चर्को रुपमा देखिएपछि स्थानीय तहले आफ्नो लगानीमा चिकित्सक न्यूक्ति गरेको जुनिचाँदे गाउँपालिका कार्यवहाक अध्यक्ष शिवा आचार्य (बस्नेत)ले जानकारी दिनुभयो । पुर्वी क्षेत्रको दल्लीमा एमडी चिकित्सक पाएसँगै भिडियो एक्सरे सेवा देखि अन्य सेवा सुरु गरिएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।
नगरपालिकाले अव छिट्टै एम्वुलेन्स सेवा समेत सुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । यहाँले भन्नुभयो , “ दल्लीमा अहिले सवै प्रकारका सेवा , सुविधा थप गरिएको छ , वर्थिङ सेन्टर देखि डाटा संकलनका कामलाई सप्टवयरमा राखेर काम भएका छन् । ” त्यस्तै दल्लीमा उपचार हुँन नसकेका सुत्केरीलाई जिल्ला बाहिर लिनका लागि स्थानीय सरकारले सहयोग गर्ने अधिकृत सिंहको भनाई छ ।
स्थानीय सरकारहरुले जिल्लामा समस्यपुर्ण विरामीलाई हवाई सेवा मार्फत उद्धार कार्य गरी ज्यान समेत बचाउने काम गरिरहेका छन् । आर्थिक अवस्था कम्जोर भएका विरामीलाई उपचारका लागि सहयोग गर्नका लागि अक्षय कोष निर्माण गरि सहयोग गदै आएको सिंहको भनाइ छ ।
यत्ता जिल्ला अस्पताललाई ५० शैयाको अस्पताल निर्माणको काम सुरु भएको छ । मंगलबार बसेको वैठकले निर्माणको जिम्म लिएको निर्माण कम्पनीलाई काममा भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाएपछि निर्माणको काम सुरु भएको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री हुँदा जाजरकोट अस्पताललाई ५० शैयामा घोषणा गरिएको थियो । घोषणा गरेको झण्डै पाँच वर्ष पछि उहाँ वन तथा वातारणमन्त्री हुँदा ५० शैयाको भवन निर्माण कार्य सुरु गरिएको छ । उहाँको चुनावी नारा रहेको जिल्ला अस्पताललाई स्तरउन्नती गर्ने अभियान यसै वर्ष सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै जाजरकोटमा ३० भन्दा बढी स्वास्थ्य संस्थाहरु एकै साथ निर्माण कार्य जारी रहेको छ । स्थानीय तहद्धारा आफ्ना नागरिकलाई स्वास्थ्य र निरोगी बनाउका लागि बिभिन्न अभियान नै सञ्चालन गरि वर्षमा एक पटक घरमै गएर भिडियो एक्सरे सेवा समेत गदै आएका छन् । सुत्केरीलाई पौष्ट्रिक तत्व र पहिचान हुँने खालका संकेत राखेर सेवा दिने काम भएको नलगाड नगरपालिकाले जनाएको छ ।
बारेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर जाँच गरेका गर्भवतीको घरमा चिठी थमाएर बाबालाई चिठी गर्भवाट चिठी अभियान सुरु गरेको स्वास्थ्य संयोजक बीरराज सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले १०० प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको तथ्यांक रहेको छ ।










