सिन्धुपाल्चोकमा पहिरो, आठ जना बेपत्ता, एकको जीवितै उद्दार

काठमाडौं ः सिन्धुपाल्चोको मेलम्ची बजारमा पहिरोले पुरिएर आठ जना बेपत्ता भएका छन्। मेलम्ची नगरपालिकामा आइतबार मध्यरातमा गएको पहिरोमा परेर आठ जना बेपत्ता भएको र एक जनाको जिवितै उद्दार गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनलने जनाकारी दिए।

उनका अनुसार प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घरपहिरोले पुरिदा ८ जना बेपत्ता भएका हुन्। अहिले उद्दार जारी रहेको उनको भनाइ छ। यस बारे थप विवरण आउन बाँकी छ।





error: Content is protected !!