पाल्पामा बाढीले बगाएर एकको मृत्यु

सुशीला रेग्मी
रामपुर (पाल्पा) , बाढीले बगाउँदा पाल्पा रम्भा गाउँपालिका १ असेर्दीका ३० वर्षिय दिनेश अर्यालको मृत्यु भएको छ । अबिरल वर्षा परेपछि भल रोक्न गएराती करिव १ वजे खेतमा गएका अर्याललाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आफ्नै खेतमा ढुंगा माटो सहित पहिरोको भलले बगाएर करिव दश मिटर तल मृत अवस्थामा भेटिएका अर्यालको थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।










