नगरप्रमुख महताराद्धारा आपत्ती

जाजरकोट ः छेडागाड नगरपालिका जाजरकोटका नगरप्रमुख लाल बहादुर महताराले नेपाली काँग्रेस जाजरकोटले प्रकाशित गरेको विज्ञप्ति प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । समाजमा जसले जे गरेपनि छुट हुँने कुरा अव सम्भव नभएको भन्दै उहाँले राजनीतिक संस्कारको अनुशरण गर्न आग्रह गनुभयो ।
छेडागाड नगरपालिका वडा नं ११ नेपाली काँग्रेसका वडा सभापति भनेर प्रचारमा ल्याइएका दिपाराम जैसीको अनाआवश्यकको हर्कतलाई लिएर जिम्मेवार दलबाट विज्ञप्ति आउनु दुखद भएको उहाँको तर्क छ । विद्यालयको निर्माण सामग्री अरु कसैको बाट लिएको झोकमा लुटेर कब्जा गर्नु र निर्माणमा अवरोध गर्नु न्यायोचित मान्न सकिन्छ सकिदैन भनि प्रश्न समेत महताराले गर्नुभयो ।
मेयर महताराले विज्ञप्तिमा भनेका छन म नेपाली काँग्रेस लाई यो चुनौति दिन चाहान्छु, यस विषयलाई साच्चै सवालको रुपमा उठाओस्, सामाजिक बनाओस्, न्यायोचित बनाओस्, सामाना गर्न तयार छु र परी आए व्यहोर्न तयार छु । काँग्रेसले दिपाराम जैसीको बारेमा प्रचार गरेको विषयको अध्ययन गर्दा एकातिर राजनीतिक प्रतिशोधको एक रुप देखियो भने अर्कोतिर कमजोरी ढाक्ने असफल प्रयास गरेको उनले बताएका छन ।
छेडागाड नगरपालिकामा काँग्रेसले राजनीतिक मुद्दा नभेटेपछि यो मुखको तितो फेराई मात्र गरेको उनले विज्ञप्तिमा भनेका छन ।
विज्ञप्तिको पुर्णपाठ ।











