नलगाडले बाँड्यो एकल महिलालाई सोलार

हेमन्त केसी
जाजरकोट ,  श्रीमान् गुमाएर पीडामा रहेका एकल महिलाहरुलाई नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ । गरिव , विपन्न तथा समस्यमा परेका एकल महिलालाइ प्रत्येक वडामा दुई जना लाई ८० वाटको सोलार वितरण गरिएको हो ।


सँगै , मर्ने सँगै जिउने उदेश्यले विवाह गरेर जीवन भर सँगै हुँन नपाएर पीडामा रहेका एकल महिलालाई नगर सरकारद्धारा अभिभावकको भूमिका निवाह गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

एकल महिलासँग उपप्रमुख कर्यक्रम अन्तरर्गत सोलार वितरण गरिएको प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । एकल महिलाहरुले आर्थिक अभावमा घरमा छोरा, छोरी पढाउन सल्लीको दियालो प्रयोग गरेको थाहा पाएपछि हामीले त्यो समस्य हटाउन पहिलो चरणमा विपन्नलाई सोलार वितरण गरेको प्रवक्ता शाहीले जानकारी दिनुभयो ।


प्रत्येक वडामा नगरप्रमुख , उपप्रमुख र वडाध्यक्षको सहभागीतामा सोलार वितरण गरिएको छ । १३ वडामा रहेका २६ गरिव तथा विपन्न महिलालाई सोलार वितरण गरिएको छ । नगर भरी सवै ठाउँमा विद्युतीकरण नभएकाले अधिकांश गरिव परिवारमा अझै पनि सल्लीको दियालो भरमा रातको समयमा उज्यालो गरिदै आएको छ ।


आर्थिक रुपमा पछि परेका एकल महिलाहरुले छोेरा, छोरीको पढाइ , पालन पोशनमा तथा आधारभुत आवश्यकता पुरा गर्न समस्य परिरहेको छ । घरको मुख्य घरमुली नै मृत्यु भएपछि सहाराको अभावमा पीडा बोध भएका एकल महिलालाई नगर सरकारले विशेष योजना ल्याउने समेत प्रवक्ता हमालको भनाई छ ।

विपन्न परिवारका सुत्केरीको घरमा झण्डा र अण्डा

आर्थिक अभाव भएर समस्यामा परेका गर्भवतीलाई पोषिलो खाना र पहिचानका लागि घरघरमा झण्डा गाडिएको छ । नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा गाडेर अण्डा र भाले तथा तेल सहयोग गरिएको छ ।

नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाडिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । त्यस्तै स्थानीय जातको तोरीको तेल, एक जोडा कुखुराको भाले, पोथीसमेत गर्भवती तथा सुत्केरी महिलालाई उपलब्ध गराउन लागिएको छ । गरीब, दलित, जनजाति र नियमित स्वास्थ्य जाँच गरेको महिलालाई मात्र यो सुविधा उपलब्ध गराइने सिंहले जानकारी दिनुभयो ।

प्रत्येक वडाबाट ३५ जना पर्ने गरी सो सामग्री वितरण गरिएको छ । अर्थ अभाव भएकै कारण सुत्केरी भएको समयमा खाना नपाएपछि कुपोषण भएर धेरैको अकालमै ज्यान जाने गरेको दुःखद् अवस्थालाई हल गर्न नगरपालिकाले सबै खालका महिलालाई समानताका आधारमा मूल प्रवाहमा ल्याउनका लागि विशेष योजना ल्याएको अधिकृत सिंहको भनाइ छ ।

अझै पनि सामाजिक चेतनाको अभावले घरमै सुत्केरी हुने, आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्तो अभियान थालिएको उहाँले जानकारी दिनुभयो । उक्त अभियानलाई प्रभावकारी बनाउन विद्यालय, महिला स्वास्थ्य स्वयमसेविका, आमा समूहलगायत स्वास्थ्य समूहलाई सचेतना कक्षा सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बर्थिङ सेन्टरबाट टाढा रहेका र विपन्न गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराइने भएको छ । झण्डा अभियानले गर्भवतीले खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग राख्नसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । उहाँले स्वास्थ्यसंस्था वा बर्थिङ सेन्टरमै सुत्केरी गराउने यो एउटा सशक्त अभियान भएको भन्दै सबै गर्भवती महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको तथ्याङ्क बनाउन पनि सजिलो हुने बताउनुभयो ।

उहाँले स्वास्थ्य संस्थामा बच्चा जन्माए राज्यले उपलब्ध गराउँदै आएको एक हजार ४०० र न्यानो झोलाबापत एक हजारसहित गाउँपालिकाले सुत्केरी पोषण भत्ताबापत एक हजार दिने भएकाले सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुनसमेत आग्रह गनुभयो ।





error: Content is protected !!