बारेकाट गाउँपालिकाद्धारा दश हजार क्वीन्टल चामलको माग

नन्दा शाही
जाजरकोट , ५ साउन ः असार २५ गते आएको पहिरोमा परि विस्थापित भएका १ हजार १ सय ५५ घरधुरीलाई व्यवस्थापका लागि बारेकोट गाउँपालिकाले शिविरमा राख्ने निर्णय गरेको छ ।


तीन वटा मापदण्डका आधारमा विस्थापितलाई व्यवस्थापन गर्न लागिएको छ । घर पुर्ण रुपमा विस्थापित भएको रातो ( क) , घर भत्किएर आंशिक क्षती भई विस्थापित भएकालाई पहिलो ( ख) , घर भत्किएर आंशिक क्षती भई जोखिममा नरहेकालाई हरियो (ग) मा विभाजन गरी राहतको प्याकेज घोषणा गरिएको छ । सोही आधारमा उत्पादनशिल जमिनमा भएको क्षतीको विषयमा राहतको घोषणा गरिएको छ । गाउँपालिकाको तर्फबाट मृतकका परिवार , पुर्ण वा आंशिक घर क्षती भई विस्थापित भएका घर परिवारलाई गाउँपालिकाको तर्फबाट खानेपानी , धारा , शौचालय , ट्याङ्की , शौचालय ,काठेपुल , घट्ट निर्माणका लागि गाउँपालिकाले तत्काल काम अगाडी बढाउने भएको छ ।

किरियापुर्ती सँग बारेकोट गाउँपालिका ६ धुममा छलफल गदै प्रदेशसभा सदस्य गणेस सिंह , नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) जाजरकोट अध्यक्ष ढकबीर राना लगाएतका सहभागीहरु ।

विस्थापितलाई पर्ने स्वास्थ्य समस्याका विषयमा शिविर सञ्चालन गर्ने भएको छ । वडा १ देखि ७ सम्मका वडाका विस्थापितलाई वडा कार्यालयले सुरक्षित ठाउँ छनोट गरी आधारभुत आवश्यकता परीपुर्ती गर्ने निर्णय गरियो । त्यस्तै प्रति मृतकका परिवारलाई रु २५ हजार दिने निर्णय गरिएको छ । पुर्ण रुपमा क्षती भई बस्नै नमिल्ने घरलाई रु ५० हजार , आंशिक रुपमा क्षती भएका घरलाइ मर्मत गर्न रु १३ हजार दिने निर्णय भएको छ ।

त्यस्तै बारेकोट गाउँपालिकालाई जोखिम रहेको स्थानीय तह घोषणा गर्न प्रदेश तथा संघीय सरकारलाई आग्रह गरिएको छ । गाउँपालिकामा भूगर्व विदको प्रतिवेदनका आधारमा बस्ती बसाल्न र दीर्घकालिन योजना बनाउनका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय समेत गरिएको छ । गाउँपालिकामा खाद्य संकट भएकाले १० हजार क्वीन्टल चामल उपलव्ध गराउन समेत माग गरिएको छ ।





error: Content is protected !!