तटवन्धले जोगियो सयौँ रोपनी खेतीयोग्य जमिन

जाजरकोट , बस्ती तथा खेतीयोग्य जमिन जोगाउनका लागि भेरी नदीको किनारमा लगाएका तटवन्धहरुले सर्वसाधारणलाई राहत महसुस भएको छ ।

जिल्लाको भेरी नगरपालिका –१० आली स्थित रु ४० लाख निर्माण गरिएको तटबन्धका कारण त्यहाँको खेतीयोग्य जमिन जोगिएको छ । वर्षेनी भेरी नदीको कटानले समस्य भोग्ने आलीबासी यो पटक तटवन्धका कारण जमिन जोगिएपछि खुसी भएका छन् । बर्षायाममा खेतीयोग्य जमिन जोगाउनुका साथै हिउद् याममा सिंचाई गर्नका लागि आलीमा आली लिप्ट योजना समेत यो आर्थिक वर्ष देखि कार्यन्वयन हुँने छ ।

त्यस्तै नलगाड नगरपालिका –८ मन्मैमा रु ३० लाखमा निर्माण गरिएको तटवन्धका कारण सयौँ मुरी धान फल्ने खेतीयोग्य जमिन बचेको छ । मन्मैमा भेरी नदीका कारण समस्या भोगेका सर्वसाधारणहरुले राहतको महसुस गरेका छन् । वर्षेनी मानव बस्तीका साथै खेतीयोग्य जमिन नोक्सान बनाउने छेडागाड नगरपालिका ३ साल्मखोलामा यो वर्ष देखि समस्य हल भएको छ । रु ३५ लाखमा तटवन्ध निर्माण कार्य सम्पन्न गरेपछि यहाँको समस्य हल भएको हो । आवश्यकता र प्राथमिकताका आधारमा तटवन्ध निर्माण गरिएको खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिनुभयो ।

प्रदेश सरकारको मताहातमा रहेको यो कार्यालयले जिल्लामा समस्य ग्रास्त तथा प्राथमिकताको आधारमा योजना छनोट गरि काम थालेको प्रमुख शाहीले जानकारी दिनुभयो । कोरोनाका कारण आधा निर्माण भएर यो आर्थिक वर्षमा निर्माण कार्य पुरा हुन बाँकी चार वटा तटवन्धका योजनाहरु रहेका छन् । शिवालय गाउँपालिका वडा ६ र ७ बीचमा रहेको भिउसखोला नदी नियन्त्रण रु २५ लाख , भेरी नगरपालिका– २ भ्याली खर्क देखि थाई खर्क सम्मको तटवन्ध निर्माण रु १५ लाख , छेडागाड नगरपालिका –११ ढुङ्गिल स्थित लम्ची खोला देखि सम्मा ढुङ्गिल सम्माको रु २५ लाखका आधा काम भएको योजना आलु आर्थिक वर्षमा निर्माण हुँने छ ।

त्यस्तै शिवालय गाउँपालिका वडा ७ स्थित टुनी बगर देखि बडाखेत सम्माको रु २५ लाखको योजना आधा निर्माण भएकाले यो आर्थिक वर्षमा सम्पन्न गर्न लागिएको सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका ७ ठाउँमा तटवन्धका काम भएकोमा भेरी नदीको किनारमा रहेको तीन वटा मात्र पुरै सम्पन्न भएको न्यौपानेको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाईरसको जोखिमका कारण निर्माण गर्न मुस्किल भएका योजनाहरुमा आर्थिक वर्ष २०७७÷७८ मा निर्माणका लागि निरन्तरता दिईएको प्रमुख शाहीको भनाई छ । कोरोना कारण अधिकांश विकास निर्माणको काम सम्झौता भएर पनि निर्माण कार्य सम्पन्न गर्न मुस्किल भएपछि अघिल्लो बाँकी रहेका काम यो वर्ष सम्पन्न गर्ने उदेश्य लिईएको हो ।





error: Content is protected !!