नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्म स्थगित

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने तय भएको स्थायी कमिटीको बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ ।
आगामी बैठक साउन २ गते ११ बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।










