बारेकोटमा पहिरोले घर बगाउदा पाहुना सहित सातको शव फेला, अझै आठ बेपत्ता

हेमन्त केसी
जाजरकोट ,  बारेकोट र जुनिचाँदे गाउँपालिकामा गरी १५ जना वेपता भएको मध्य ७ जनाको सव फेला परेको छ । बारेकाटमा मात्र १४ जना पहिरोमा परी वेपता भएका थिए । जुनिचाँदेमा १ जना वेपता भएका छन् । दुई जना घाईतेको उद्धार गरिएको छ । बारेकोटमा आठ घर पहिरोले पुरेको छ । बारेकोट –४ जिरी सार्कीटोलमा गएराती पहिरो गएर दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्य ७ जनाको शव फेला परेको छ । पहिरोमा परि ५२ बर्षिय गोपाल सार्की र उहाँका ११ बर्षका छोरा अर्जुन सार्कीको शब फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै कलु सार्की (दिदि) को घरमा पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० बर्षीय डिल्ली सार्की र १८ बर्षका बीरेन्द्र सार्की को शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिनुभयो । अर्को दुई शवको पहिचान खुल्न नसकेको उहाँले बताउनुभयो । पहिरोमा बेपत्ता अन्य सात जनाको खोजी भैरहेको डिएस्पी श्रेष्ठले बताउनुभयो ।

पहिरोले बारेकोट ४ सार्कीगाँउका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा भएको घटनामा पाहुन आएका दुई सहित सात जना अझै बेपत्ता छन् । त्यस्तै बारेकोट ६ धुमाका २० बर्षिय शान्तबहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउने बाढीमा बेपत्ता छन् । रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीले बाढीबाट उद्धार गरेका छन् । रामचन्द्र गंभिर घाइते भएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताउनुभयो त्यस्तै जुनिचाँदे गाउँपालिका ११ चैतेका डिल्लीबहादुर चदारा वडा नं ३ स्थित सानाखोलामा लडेर खोलामा पर्दा वेपता भएका छन् ।

प्रहरी नायव उपरिक्षक किशोर श्रेष्ठले घटनास्थलमा टेलिफोनले नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सूचना संकलनमा समस्या भएको उहाँले बताउनुभयो । त्यस्तै बारेकोट ४ का लालबहादुर नेपाली पहिरोमा परि गंभिर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । उहाँको उद्धारका लागि हेलिकोप्टर पठाउन खोजेको भएपनि मौसम खराजीले हेलिकोप्ट उड्न सकेको छैन । गएराती परेको अविरल बर्षातले बारेकोटका विभिन्न बस्ती जोखिममा परेका छन् । पानी परिरहेकोले उद्धारमा कठिनाई भएको बारेकोट गाउँपालिका वडा ४ की अध्यक्ष सिर्जना बस्नेतले को भनाई छ । घटनास्थल सदरमुकाम खलंगा देखि दुई दिन पैदल दुरीमा २५ कोष उत्तर पुर्वमा पर्छ ।

दुई गाउँ जोखिममा

बारेकोट गाउँपालिका ४ मैना, वडा ५ कालाखोली , कोट्ली , बयाल र तोलखानाका सर्वसाधारणहरुलाई सुक्षित रुपमा बस्नन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो । रागाँचौथारी हिमालबाट बग्ने खोलाले कटान गर्दा मैना गाउँ जोखिममा परेको छ ।

सर्वसाधारणहरु जंगलमा पाल टाँगेर बसेको स्थानीय धीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । त्यस्तै जिल्लाका सवै सडकहरु अवरुद्ध भएका छन् । सदरमुकाम लगायत अन्य ठाउँबाट गएको टोली घटनास्थलमा पुग्न अझै सकेको छैन । राहत र उद्धारका लागि आउने भनिएको हेलिकोप्टर खराव मौसमका कारण आउन नसकेको हो । मौसमले साथ नदिदा समस्य भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । हेलिकोप्टर तयारी अवस्थामा भएपनि मौसमले साथ नदिदा समस्या भएको छ ।

तीन जना गम्भिर घाईतको उपचारमा समस्या
पहिरोमा परी बारेकोट गाउँपालिका गोठगाउँका १ र वडा ६ का दुई जनाको उपचारका लागि समस्य भएको छ । मौसम सफा नहुँदा हेलिकोप्टरबाट उद्धार हुँन सकेको छैन ।





error: Content is protected !!