भोटेकोशी बस्तीमा बाढी पस्न थाल्यो, झिटीगुण्टा बोकेर भाग्दै स्थानीय

सिन्धुपाल्चोक, दुई दिनदेखिको लगातार वर्षाका कारण भोटेकोशी, सुनकोशी नदीमा भीषण बाढी आएको बाढी बस्तीमै पस्न थालेपछि स्थानीय घर छाडेर खेतबारीमा गएर बस्न थालेका छन् । बाढीका कारण नदी आसपासका गाउँबस्ती उच्च जोखिममा परेका छन् । नदी आसपासका स्थानीय घरबाट सामान झिकेर सुरक्षित स्थानमा जान थालेका छन् ।










