जुनिचाँदेले छात्रालाई सेनेटरी प्याड , सवै विद्यार्थीलाई पोशाक

हेमन्त केसी
जाजरकोट , सामुदायिक विद्यालयमा अध्ययन गर्ने किशोरावस्था छात्राहरुलाई महिनावारीको समयमा विद्यालयमा टिकाउनका लागि जुनिचाँदे गाउँपालिकाले सेनिटरीप्याड खरिद र सवै विद्यार्थीलाई पोशाकको व्यवस्था गरेको छ ।


उच्च मावि ( २ जोर १०) ४ वटा , माध्यमिक तहका विद्यालय ८ विद्यालय र आधारभुत तह –९ विद्यालय र प्राथमिक तहका ४४ विद्यालय रहेका छन् । जम्मा ४४ वटा विद्यालय मध्य मावि , आधारभुत र उच्च माविमा अध्ययनरत छात्रा तथा त्यहाँ कार्यरत शिक्षिकाहरुले सेनेटरी प्याड प्रयोग गर्ने छन् ।

रु १९ लाख ३६ हजार रुपैयाँमा सो सामग्री खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । महिनावारीको समयमा छात्राहरु विद्यालय नआउदा पढाई छुट्ने समस्या आएपछि सवै विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्न लागिएको अधिकृत शाहीको भनाई छ । जिल्लाको सवै भन्दा दुर्गम जुनिचाँदे गाउँपालिकामा सेनिटरी प्याडको व्यवस्थासँगै विद्यालय आउने छात्रा र शिक्षिकालाई सहजता आउने अपेक्षा लिईएको छ । सेनेटरी प्याड ( वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ मा टेकेर सामग्री खरिद गरिएको हो । विद्यालयमा सेनेटरी प्याड बदल्नका लागि छुटै कोठा र सावुन पानीको व्यवस्था समेत गरिएको छ ।

त्यस्तै आर्थिक रुपमा निम्न स्तरको जनसंख्य भएको यस गाउँपालिकाका सामुदायिक विद्यालयमा पढ्ने कक्षा १ देखि ८ सम्मका सवै बालबालिकालाई विद्यालयमा लगाउने पोशाक गाउँपालिकाले नै व्यवस्था गरेको शिक्षा विकास तथा खेलकुद शाखाका प्रमुख दीपक शाहीले जानकारी दिनुभयो । पोशाकका लागि मात्र गाउँपालिकाले रु ४० लाख रुपैयाँ बिनियोजन गरेको थियो । विद्यालयको खातामा पैसा निकासा गरिसकेकोले अव सवै विद्यार्थीहरुले पोशाक पाउने शाहीको भनाई छ ।

त्यस्तै गाउँपालिकाद्धारा शुन्य दरवन्दी भएर विद्यालयमा पढन, पाठनमा समस्या भएको विद्यालयलाई गाउँपालिकाले तलव भत्ता व्यहोर्ने गरी प्रावि तहमा १ शिक्षक , आधारभुत तहमा २ शिक्षक , मावि तहमा १ जना शिक्षकको व्यवस्था गरिएको छ । संघीय सरकारले व्यवस्था गरेका ४१ वटा बालविकास केन्द्र र गाउँपालिकाले आफैले थपेका ३८ वटा बालविकास केन्द्रमा कार्यरत शिक्षिकालाई विद्यमान तलवमा रु २ हजार मासिक रुपमा थपेर प्रत्योसाहन स्वरुप उपलव्ध गरिएको छ ।

त्यस्तै सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई मासिक रुपमा साविकको तलव भत्ता थपिने गरी रु १ हजार गाउँपालिकाले थपेको शाखाका शाहीले जानकारी दिनुभयो । विद्यालय आउनबाट बन्चित रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनका लागि समुदायमा आधारित १४ वटा बालविकासको स्थापना गरी सवैको पहुँचमा शिक्षा र कोही नछुटाउने उदेश्य राखिएको गाउँपालिकाले जनाएको छ । संघीय सरकारले बजेट दिएर ८ माविमा खरिद गरिएका कम्प्युटरहरु बन्द कोठामा थन्किएको गुनासो बढीरहेको समयमा गाउँपालिकाले कम्प्युटर शिक्षकको व्यवस्था गरी कम्प्युटर सञ्चालन ल्याएको छ ।
दुरसञ्चार प्राविधिकरणले सवै मावि तहमा ईन्टरनेट पुर्याएपछि यस गाउँपालिकाले कम्युटर शिक्षकको व्यवस्था गरेपछि कक्षा सञ्चालनमा समेत सहज भएको छ । त्यस्तै गाउँपालिकाद्धारा समस्या र प्राथमिकताका आधारमा नयाँ ९ वटा विद्यालयको भवन निर्माण गरिएको छ । प्रतिविद्यालय रु ४० लाखमा नयाँ भवन निर्माण गरिएको हो । विद्यार्थीलाई बस्ने ठाउँको अभावमा भुईमा बस्ने बाध्यता आएपछि चरण समस्या भएको ठाउँमा नयाँ भवन निर्माण गरिएको हो ।

समस्याको बर्गीकरण गरी आउदो आर्थिक वर्षमा समेत विद्यालय भवन निर्माण कार्य जारी रहने गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य (बस्नेत)ले जानकारी दिनुभयो । त्यस्तै संघीय सरकारले विद्यालय अनुगमण गर्नका लागि स्रोत व्यक्ति हटाई सकेको अवस्थामा गाउँपालिकाले विद्यालय अनुगमणमा समस्य परेको भन्दै आफ्नै स्रोतबाट तलव भत्ता दिने गरी नयाँ स्रोत व्यक्तिको व्यवस्था समेत गरेको छ ।

शिक्षा , स्वास्थ्य , कृषि र सडकलाई मुख्य प्राथमिकता दिएको गाउँपालिकाले अहिलेको कोरोनाको संकटले धेरै कुरा सिकेको कावाध्यक्ष आचार्यले बताउनुभयो ।





error: Content is protected !!