पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, ४ बेपत्ता (अपडेट)

सम्राट सिहं

बझाङ ः बझाङको केदार स्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेस गाउँमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । शुक्रबार अविरल वर्षासँगै आएको पहिरोले च्यापिएर ३ जनाको मृत्यु र ४ जना बेपत्ता भएको स्थानीय कलक बोहराले जानकारी दिए ।

पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका ८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको उनको भनाइ छ ।

अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर पुरेको छ । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसको बिचल्ली भएको छ । खोला किनारमा रहेको बाटोमा बाढी आएका कारण घटनास्थलमा प्रहरी पुग्न नसकेको डिएसपी गणेश बमले जानकारी दिए । स्थानीयले बेपत्ताको खोजिकार्य गरिरहेका छन् ।





error: Content is protected !!