आइतबारदेखि प्रदेश अस्पतालको ओपिडी सेवा पुनःशुरु

सुर्खेत, विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टिभएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) पुनः शुरु हुने भएको छ ।

दश दिनदेखि बन्द ओपिडी सेवा भोलि(आइतबार)देखि सञ्चालन हुने अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड–१९ का सङ्क्रमितहरुको उपचार तथा व्यवस्थापकीय नेतृत्व गर्ने चिकित्सकसहितका नौ स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको थियो । उनीहरु प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका छन् ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले यही असार ११ गतेदेखि बन्द ओपिडी सेवा भोलिदेखि सञ्चालन गरिने जानकारी दिनुभयो ।





error: Content is protected !!