घर भाडा मिनाहा गर्न संघकाे घरधनीलाई पत्र

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले घर भाडा मिनाहाका लागि घरधनीहरूलाई पत्र पठाउने भएको छ । लकडाउनका कारण करिब तीन महिनासम्म व्यापार–व्यवसाय ठप्प हँुदा व्यापारी सडकमा आउने अवस्था भएको भन्दै संघले यस्तो अभियान सुरु गर्न लागेको हो ।

व्यापार चलेका बेला नियमित रूपमा भाडा तिर्दै आएका व्यापारीको अहिलेको बाध्यात्मक स्थितिलाई बुझेर भाडा छुट दिन औपचारिक रूपमै पत्र पठाएर आग्रह गर्न लागिएको संघका कोषध्यक्ष भद्र भण्डारीले जानकारी दिए ।

व्यहारिक रूपले मात्र नभइ मानवीय नाताले पनि यस्तो कठिन अवस्थामा हृदय ठूलो बनाउन आग्रह गर्न लागिएको उनको भनाइ छ । घरजग्गाको भाडा मिनाहा गर्ने सम्बन्धित धनीलाई कर तथा बैंक ब्याज छुट दिनका लागि पनि संघले दबाबमूलक अभियान र पैरवी गर्दै आइरहेको भण्डारीको भनाई छ ।

बैंकब्याज र घरभाडा मिनाहाको माग गर्दै संघले प्रदेश सरकारदेखि संघीय सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि शान्तिपूर्ण जुलुश प्रदर्शनसमेत गरिसकेको छ ।





error: Content is protected !!