अपुग रकम पुरा गरी अर्को वर्ष सिंचाई सुविधा पुर्याउन माग

रुपलाल बोहोरा
डोल्पा ः सिंचाई सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गदै आएका त्रिपुरासुन्दरी नगरपालिका –९ र १० का स्थानीयवासीको सपना अझै पुरा हुँन सकेको छैन ।
जिल्ला कृषि विकास कार्यालयले उपलव्ध गराएको रु २५ लाख रुपैयाँमा मुँ देखि चुँ सम्माको सिंचाई योजना सम्पन्न नभएपछि अझै अरु वर्ष कुर्नुपर्ने भएको छ । बजेट अभावमा सो योजना सम्मपन्न हुँन नसकेपछि यहाँका स्थानीयवासीले सवै तहका सरकारलाई तत्काल बजेटको व्यवस्था गरी योजना सम्पन्न गर्न अनुरोध गरेका छन् । अहिले लिकु सम्मा मात्र केही सिंचाई सुविधा पुगेपनि बजेट नहुँदा सवै ठाउँमा पानी लिन नसक्दा सिंचाई सुविधा नपुगेको हो ।
त्रिपुरासुन्दरी नगरपालिका – ९ चुका रामप्रसाख खत्रीले भन्नुभयो , “ सरकारले सवै वजेट यसैपटक दिएको भए हाम्रो योजना सम्पन्न हुँने थियो तर केही छैन , अर्को वर्षको लागि बजेट दिएर यो योजना सम्पन्न गर्ने वातावरण तयार होस । ”
जिल्ला कृषि विकास कार्यालयको रु २५ लाख रुपैयाँमा त्रिपुरासुन्दरी नगरपालिका – ९ र १० का लागि सिंचाई सुविधा पुर्याउनका लागि काम जारी राखेको भएपनि योजना अझै अधुरो रहेको छ । अहिले भएको काम सवै राम्रो भएको र अर्को वर्ष बजेटको व्यवस्थापन गरेर काम हुँन सके यहाँका कृषकहरुलाई राम्रो हुँने कृषि विकास कार्यालयका प्रमुख भीम धरालाले जानकारी दिनुभयो । अझै रु २० लाख बजेट आवश्यक पर्ने प्रमुख धरालाको भनाई छ ।
पहिले पनि गावु खोलाबाट पानी ल्याएर सिंचाई सुविधा पुर्याउने प्रयास भएपनि असफल हुँदै आएको उपभोक्ता समितिका अध्यक्ष लालभक्त बोहोराले जानकारी दिनुभयो । अव यो पटकको योजनाले हामीलाई केही आशा जगाएको समेत बोहोराले जानकारी दिनुभयो । नहर ल्याउनका लागि निकै अप्ठ्यारो भुभाग रहेको गावु खोलामा भारी मेहनत गर्नुपरेको वडा नं ९ का अध्यक्ष रमा बोहोराले बताउनुभयो ।
त्यस्तै सोही २५ लाख भित्रबाट यहाँका सर्वसाधारणलाई टर्कि बाट ल्याएको च्यान्दलर जातको ३ सय बोट ओखका विरुवा समेत कृषकहरुलाई वितरण गरिएको छ । योजनाको सरोकारवाला निकायले अनुगमण समेत गरेका छन् ।










