गाउँपालिकाद्धारा गर्भवतीको उद्धार

जाजरकोट , कुशे गाउँपालिका – ३ डाडाँखेतकी २० बर्षीया जानुका रोकाय (बस्नेत)को विहान हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
लामो समय सम्मा सुत्केरी बेथा लागेर बेहोस भएपछि जानुकाको गाउँपालिकाको आर्थिक सहयोगमा उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।
अर्छानी स्वास्थ्य चौकीमा उपचार हुँन नसकेपछि जानुकाको हेलिकोप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कलेजमा लगिएको अधिकृत गिरीले जानकारी दिनुभयो ।

उहाँलाई दुई दिन देखि सुत्केरी हुँने बेथा लागेको र पहिलो पटक सुत्करी हुँदै गरेको उहाँका श्रीमान सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।





error: Content is protected !!