क्वारेन्टाइनमा बसेकालाई योगाभ्यास र औषधि वितरण

जाजरकोट ः कोरोन भाईरसबाट जोगिन र जोगाउनका लागि सदरमुकाम लगायत अन्य ठाउँमा आयोर्वेद शाखाले औषधि वितरण गरेको छ । खलंगा स्थित त्रिभुवन मा.वि.र भेरी ज्ञानोदय क्याम्पसको क्वारेन्टाईनमा रहेका नागरिक ,स्वास्थ्य कर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखाले औषधि वितरण गरिएको छ । करिव १४० जनालाई आयुर्वेद औषधि वितरण गरिएको गरिएको आयुर्वेद शाखाका कविराज प्रभात सुवेदीले जानकारी दिनुभयो । औषधिका साथै योगाभ्यास पनि गराएको थियो ।

उहाँले क्वरेन्टिनमा बस्दै आएकाको तनाव व्यवस्थापन र उच्च मनोबल बनाउनका लागि योगाभ्याससम्बन्धी जानकारीसहित बिभिन्न चरणका योगाभ्यास गराएको सुवेदीले जानकारी दिनुभयो । रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरको रगत चलायमान बनाउन आयुर्वेदिक औषधिसहित योगाभ्यास गराएकोे यहाँको भनाई छ ।
योगाभ्यास तथा औषधि वितरण कार्यक्रममा हाल विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरसको कुनै पनि औषधि तथा खोप समेत पत्ता नलागेको अवस्थामा यस रोगको रोकथाम र नियन्त्रणका लागि आयुर्वेद औषधि तथा योग सम्वन्धि क्रियाकलापको महत्वपूर्ण भूमिका रहेको कुरा अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष धर्मशीला वस्नेतको बताउनुभयो । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा जाजरकोटको आयोजनामा छेडागाड नगरपालिका १३ कार्कीगाँउ स्थित नारायणी मावि स्थित क्वारेन्टाईनमा रहेका नागरिक,स्वास्थ्यकर्मी र सरक्षाकर्मी गरि करिव २०० लाई समेत आयुर्वेद औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै नलगाड नगरपालिकामा समेत औषधि वितरणका साथै योग्यभ्यास गरिएको नगरपालिकाका प्रवक्ता राममाया हमालले नेपालपोष्टलाई जानकारी दिनुभयो ।
जिल्लाका अन्य स्थानिय निकाय सँग समन्वय र सहकार्य गर्दै आयुर्वेद औषधि वितरण र रोग प्रतिरोधात्मक क्षमता वृद्धि र तनाव ब्यवस्थापन सम्वन्धि विभिन्न कार्यक्रमहरु जिल्ला भरी नै सञ्चालन गरिने कुरा आयुर्वेद शाखा जाजरकोटका कविराज सुवेदीले जानकारी दिनु भयो ।

त्यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले क्वारेन्टाइनमा बसेकाका लागि सबै औषधि जन्य सेवा दिन तयार रहेको बताउनुभयो । क्वारेन्टाइनमा बसेकाका लागि कुनै पनि औयाधि कमी आउन नदिने बताउनुभयो । आयुर्वेद शाखाले पछिल्लो समयमा बाजुरामा विभिन्न रोगमा बिरामीलाई आयुर्वेद उपचार सेवा प्रभावकारी बनाउँदै गएको छ । आयुर्वेद अस्पतालमा बाथ, अम्लपित्त, दम, खोकी, पिनास, पायल्स, छालारोग, स्त्रीरोग, उच्च रक्तचापलगायतका रोगहरुको उपचार हुँदै आएको शाखाका सुवेदीको भनाई छ ।
आयुर्वेदभन्दा पहिले खासै बिरामी नआउने गरेको केही समयमा प्रचारप्रसार हुन थालेकाले बिरामीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । केन्द्रले सुनौला हजार दिनका आमालाई दूध बढाउने औषधि र ज्येष्ठ नागरिकको लागि रसायन औषधि वितरण गर्दै आएको शाखाले जनाएको छ ।
शाखाले ओपिडी सेवा, पूर्वकर्म, पञ्चकर्म सेवा र वितरण हुँदै आएको छ । क्वारेन्टाइनमा रहेकालाई औषधि वितरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयमा प्रमुख डा सुनिल पुन ,आयुर्वेद चिकित्सक डा.धनवीर वुढा,कविराज प्रभात सुवेदी ,जीवन योग प्रयोगशाला जाजरकोटका योग प्रशिक्षक रेखा शाह ,वैद्य नरेन्द्र कठायत अन्य स्वास्थ्यकर्मी ,स्वंयमसेवक लगायतको उपस्थिति थियो ।
आयुर्वेदिक औषधिलाई पनि कोरोना भाइरस नियन्त्रणको विकल्पका रूपमा हेरिन थालेको छ । नेपाल र भारतका केही स्थानमा आयुर्वेदिक औषधिमाथि अनुसन्धान पनि सुरु भएका छन् ।
तर, भाइरसविरुद्धको भ्याक्सिन तयार पार्न प्रशस्त अध्ययन र प्रमाण आवश्यक हुन्छ । अहिलेलाई भान्सामा उपलब्ध हुन सक्ने जडीबुटीको उचित प्रयोग गर्न सकेमा रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । भाइरस संक्रमणको शंका लागेका व्यक्तिलाई छुट्टै क्वारेन्टाइनमा राख्नु मात्र उचित व्यवस्थापन नहुन सक्छ । क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।
क्वारेन्टाइनमा आयुर्वेदिक औषधि किन ?
हाम्रो घरवरपर वा भान्सामै धेरै औषधिजन्य वस्तु सजिलै उपलब्ध छन् । जस्तै– तुलसी, लसुन, बेसार, अदुवा, टिमुर, दालचिनी, ज्वानो, तितेपाती, पीपल, देवदारुलगायत । यी बोटबिरुवामा औषधीय गुण हुन्छन् । र, तिनको वैज्ञानिक प्रयोग आवश्यक छ ।
बेसार, गुर्जो, टिमुर आदिलाई उमालेर दैनिक कम्तीमा तीन गिलास पिउन सकिन्छ । नियमित प्रयोगमा रहेका मसला र अन्य जडीबुटीलाई मात्रा मिलाएर सेवन गर्दा औषधिको काम गर्छ ।
यी जडीबुटी आयुर्वेदमा विज्ञानबाट समेत प्रमाणित भएका छन् । शरीरमा भाइरसको संक्रमण हुन नदिन वा शरीरमा प्रवेश गरिसकेपछि पनि हानि गर्न नदिन आयुर्वेदिक औषधि विकल्प बन्न सक्छन् ।
फ्लुबाट बच्न चिराइतो, असुरो, बेसार, पुस्करमोलजस्ता जडीबुटीको सेवन प्रभावकारी मानिन्छ । भाइरल संक्रमण नियन्त्रणका लागि यार्सागुम्बा, जटामसी, पाँचऔँले, निर्मसी, कुट्की पनि उपयोगी हुन सक्छन् ।
पहाडमा पाइने देवदारु, चिराइतो, कुट्की, वर, पीपल, स्वामी, काफलको बोक्रा तथा तराईका अश्वगन्धा, सतामरी, मुस्ली, बिदारीकन्दाजस्ता वनस्पतिमा पनि औषधीय गुण रहेको प्रमाणित भइसकेको छ । क्वारेन्टाइन र आइसोलेसनमा राखिएका बिरामीका लागि परम्परागत आयुर्वेदिक औषधि प्रयोगमा ल्याउन आवश्यक छ।
कुनै साइड इफेक्ट नगर्ने र अन्य विभिन्न स्वास्थ्य समस्याका लागि पनि प्रभावकारी हुने भएकाले सहजै उपलब्ध हुने जडीबुटीहरू मात्रा मिलाएर संक्रमित व्यक्तिलाई दिन सकिन्छ ।
यससँगै क्वारेन्टाइनमा बसेका व्यक्तिले व्यायाम र योग गर्न सक्छन् । परम्परागत औषधिको प्रयोग, नियमित व्यायाम र प्राणायाम क्वारेन्टाइनमा बस्नेहरूका लागि अत्यावश्यक छ ।










