छोरी जन्मिए रु १० हजार , सुत्केरी खोज्दै कावाध्यक्ष आचार्य घर ,घरमा

हेमन्त केसी
जाजरकोट ,   जुनिचाँदे गाउँपालिका –२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नवित्दै गाउँपालिकाका कार्यबहाक अध्यक्ष शिवा आचार्य उहाँको घर दैलोमा पुग्नुभयो । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवहाक अध्यक्ष आचार्य घरमै पुगेर सन्चो , विसन्चो सोध्दै परिवारका सवैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चाँसो , चिन्ता लिदा दंग भएको शाही बताउनुभयो ।

सुत्केरी भएपछि आफन्तहरु भेटन त आउनुभएको थियो भन्दै उहाँले भन्नुभयो , “ यसपाला गाउँपालिकाकी कार्यवहाक अध्यक्ष आएर सवै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने , बच्चाको स्याहार ,शुसारका विषयमा कुरा गर्नुभयो । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यालाई जानकारी दिनुभयो । ”

सवैलाई सम्झाई , बुझाई गरेर कुखुरा किनेर खानु भनि रु १ हजार ५०० , स्थानीय तोरीको तेलका लागि रु ५०० र बच्चाको कपडा किन्नका लागि रु ५०० दिनुभयो , शाहीले भन्नुभयो । हामी जस्ता निम्न अवस्था भएका परिवारका लागि यो सहयोग असाध्य राम्रो भएको भन्दै शाहीले थप्नुभयो , “मैले छोरीको जन्म दिएकै कारण थप रु १० हजार समेत पाएको छु । ”

उहाँ जस्तै गाउँपालिका भित्र सुरक्षित रुपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुँने दर कम भएपछि गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कार्यक्रम राखेर सुत्केरी खोज्दै कावा अध्यक्ष आचार्य घर , घरमा पुगिरहनुभएको छ । उहाँ सुत्केरीको घरमा पुगेर बिभिन्न शीर्षकमा रहको रु २ हजार ५ सय रुपैयाँ दिदै अव अर्को पटक सुत्केरी भएमा स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुँन समेत आग्रह गरिरहनुभएको छ ।

भौगोलिक रुपमा विकट र सवै ठाउँमा यातायातको पहुँच नभएको जुनिचाँदेमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमले जनतासँग भेटघाट मात्र नभई जनचेतना फैलाउने काम समेत भएको छ । यो शीर्षकमा मात्र रु १४ लाख ७० हजार रकम बिनियोजन गरी सोही अनुसारको काम भईरहेको छ ।

सुत्केरी हुँन वितिकै आर्चायको मोवाईलमा फोन आउने गरेको छ । गाउँपालिका भरी जम्मा ४०० सुत्केरी महिला भएको आकलन गरी अहिले सवै वडामा भेटघाटका कार्यक्रम तिव्र बनाएको छ । वडा १ मा ७० जना , वडा २ मा ४७ जना , वडा ३ मा ३६ जना सुत्केरीसँग बढी छलफल भएको कावाध्यक्ष आचार्यले बताउनुभयो ।

गाउँपालिका भरी ४ ठाउँमा मात्र बथिङ सेन्टर रहेका छन् । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र १ , स्वास्थ्य चौकीको संख्य ४ ,उपस्वास्थ्य चौकी १ र सामुदायिक स्वास्थ्य केन्द्रहरु ११ वटा रहेका छन् । महिला स्वांयमसेविकालाई प्रोत्सहान स्वरुप गाउँपालिकाले छुटै बजेटको व्यवस्था गरी गर्भवती तथा सुत्केरीको घरमा गएर भेटघाट तथा स्वास्थ्य परामर्श दिने व्यवस्था समेत गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएका गर्भवती तथा सुत्केरीका लागि महिला स्वयमसेविकाले नै घरपरिवारको सहयोगमा स्वास्थ्य संस्था लिने गरेको जुनिचाँदे गाउँपालिका वडा ११ की महिला स्वयमसेविका गौरीकला बस्नेतले जानकारी दिनुभयो । प्रत्येक महिनामा एक पटक गाउँमा स्वंयमसेविकाको उपस्थितीमा स्वास्थ्य सेचतनामूलक कार्यक्रम हुँदै आएको बस्नेतले जानकारी दिनुभयो ।

गाउँपालिकाले रु २० लाख रुपैयाँ बिनियोजन गरी छोरी जन्मिएको घर रु १० हजारका दरले उपलव्ध गराउदै आएको छ । छोरी बचाउ , छोरी पढाउ र छोरी बढाउ भन्ने कार्यक्रम गरी छोरी जन्मिएको घरमा रु १० हजार रकम दिदै आएको कावाध्यक्ष आचार्यले बताउनुभयो ।

छोरी प्रति हेर्ने दृष्टिकोण बदल्नका लागि यो कार्यक्रम लागु गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । यो कार्यक्रम लागु भएसँगै छोरी जन्मि वितिकै हेला गर्ने प्रवृती ह्वातै घटेको समेत उहाँले बताउनुभयो । राज्यले नै छोरी प्रति सम्मान गर्दा हामीले किन हेपाह प्रवृती देखाउने भन्दै स्थानीयवासीहरु आफूहरुले गलत दृष्टिकोण राखेको जुनिचाँदे गाउँपालिका ५ का पदम खड्काले बताउनुभयो ।

सुत्केरी भैसीलाई भत्ता
जुनिचाँदे गाउँपालिकाले सुत्केरी भैसीको स्वास्थ्य र दानाका लागि रु १ हजार ६०० दिईरहेको छ । गाउँभर भैसी सुत्केरी हुँन वितिकै दानाका लागि कृषकहरुले भत्ता वुझिरहेको कावाध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो । त्यसका लागि रु ५ लाख बजेट बिनियोजन गरिएको छ ।





error: Content is protected !!