असुरक्षा भएपछि चिकित्सकहरु प्रहरीको घेराभित्र

जाजरकोट ,  जेठ १० गते सोती घटनामा मृत्यु भएका ६ जनाको पोष्ट मार्टम रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सक माथी बिभिन्न आरोप लगाएर भौतिक आक्रमण उत्रिएपछि असुरक्षा बढेको छ ।

काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु प्रहरीको घेरा भित्र बस्न बाध्य भएका छन् । जाजरकोट सदरमुकाम भित्र घर भएका चिकित्सकहरु समेत घर जान नपाएको बताएका छन् । असार १ गते चिकित्सकहरुलाई आक्रमण गर्ने उदेश्यले गएको जुलुस र प्रहरी बीच स्वास्थ्य सेवा कार्यालय अगाडी झडप हुँदा सेवा कार्यालयको डिजिटल एक्सरेमा क्षती भएको थियो । पानीमा डुवेको पोष्टमार्टम रिपोट तयार किन पारेको आरोप लगाउदै चिकित्सक माथी आक्रमणको प्रयास हुँदै आएको छ ।

दैनिक नारा ,जुलुसका कारण स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि जाने विरामीहरु समेत त्रास बढेको तीन दिन देखि विरामीहरुको उपचारका खटिएका भेरी नगरपालिका – १ का कालीबहादुर रानाले बताउनुभयो । हिजो स्वास्थ्य सेवा कार्यालयमा पोष्ट मार्टमका लागि ल्याएको सवको समेत निर्धारित समयमा पोष्ट मार्टन गर्ने वातावरण नहुँदा समस्या उत्पन्न भएको स्वास्थ्य प्रमुख सुनिल पुनले बताउनुभयो । काम गर्ने वातावरण नै छैन , कसरी काम गर्ने ? उहाँले भन्नुभयो । हिजो मात्र ४ वटा एक्सरे गर्ने केश आएको थियो तर आन्दोलनकारीको तोडफोडले एक्सरे समस्या आएपछि रुकुम पश्चिमको चौरजहारीमा पठाएको डाक्टर पुनले बताउनुभयो ।

हिजो मात्र नलगाड नगरपालिकाको रघुनाथमा समेत बारेकोट गाउँपालिकाबाट कोरोना जाँचको ल्याइएको स्वाब सदरमुकाम ल्याउन कार्यमा अवरोध गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

पीडितको न्याय भन्दा पनि राजनीतिक रंग दिएर गरिएको आन्दोलनका कारण समस्या थपिएको सुरक्षा अधिकारीले बताएका छन् । दैनिक हुँने आन्दोलनका कारण सांसदीय समितिले समेत अनुसन्धानमा बाधा पुगेको छ । प्रमाण संकलनमा ध्यान भन्दा पनि आन्दोलन भड्किलो बनाएर क्षती बनाउने तर्फ अधिकांशको ध्यान गएको अधिकांशको तर्क छ ।





error: Content is protected !!