सोती घटनाका पीडित पक्षको आन्दोलनले अस्पतालमा तोडफोड , एक्सरे मेसिन बिग्रियो , गलत पोष्ट मार्टम रिपोर्ट दिएको जिकिर (पोष्ट मार्टम रिपोर्ट सहित )

हेमन्त केसी
जाजरकोट , १ असार ः जेठ १० गते चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा ज्यान गुमाएका हरुको पोष्ट मार्टम रिपोर्ट गलत दिएको भन्दै जाजरकोटमा डाक्टर विरुद्ध आन्दोलन गरिएको छ ।
पीडित पक्ष सहितको जाजरकोटवासीको आन्दोलनले स्वास्थ्य सेवा कार्यालयमा डाक्टर खोज्दै नारावाजी , तोडफोड समेत गरिएको छ । तोडफोडबाट स्वास्थ्य सेवा कार्यालयमा रहेको एक्सरे सेवामा क्षती पुगेको छ । गलत रिपोर्ट दिने डाक्टरलाई फाँसी दे लगाएतका उत्तेजक नारा लगाउदै सयाँैको संख्यमा आएका सर्वसाधारणहरुले अस्पीटलमा तोडफोड गरेका हुँन् । आन्दोलनकारी र प्रहरी बीच भएको झडपमा परी दुवै तर्फ ७ जनाको दुवै तर्फ सामान्य चोट लागेको छ ।
त्यस्तै सांसदीय समिति रहेको होटलमा समेत नाराबाजी गरी धर्ना दिईएको छ । सांसदीय समितिलाई गाली गलोचको भाषा समेत प्रयोग गरिएको छ । पोष्ट मार्टम रिपोर्टमा पानी डुवेर मरेको , गणेस बुढाको गन्ध आएको , नवराज विकको केही नलेखेको भन्ने उल्लेख भएको पीडित पक्षको दावी छ । ठाउँ , ठाउँमा चोट लागेको , घाईते भएको देख्दा , देख्दै उल्टो रिपोट दिने डाक्टरलाई कारवाही गर्नुपर्ने पीडित पक्षको माग छ । प्रहरीले थप तोडफोन हुँन नदिन हवाई फायर गरेको थियो ।

पोष्ट मार्टम रिपोर्ट सहित











