पानीमा डुवेर मृत्यु

जाजरकोट , भेरी नगरपालिका –७ पुन्माकी ८ वर्षीया बालिका विपना शाहीको गएराती पानीमा डुवेर मृत्यु भएको छ । गर्मी भएर स्थानीय स्याउली स्थित खोलामा रहेको पानी घट्टको नहरमा पौडी खेलिरहेदा पानीमा डुवेर मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी दिनेश श्रेष्ठले जानकारी दिनुभयो । अभिभावक घरमा नभएको समयमा बालिका घर नजिकै रहेको नहरमा पैडी खेल्न गएकी थिईन् ।










