सोती घटनाका पीडितलाई राहत ,उपचारका गर्न गृहमन्त्रीसँग आग्रह

जाजरकोट , १० जेठमा रुकुम पश्चिम चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनामा परि मृत्यु भएकालाई राहत र घाईतेको उपचार गर्न गृहमन्त्रीको ध्यान आक्रषण गराएको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको नेतृत्वमा आज गृहमन्त्री रामबहादुर थापासँग भएको भेटवार्तामा राहत र उपचार गर्न ध्यान आक्रमण गराएको राष्ट्रियसभा सदस्या मायाप्रसाद शर्माले जानकारी दिनुभयो । जाजरकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरुको टोलीले घटनाको न्यायिक छानबिनको बारेमा चाँसो लिएको थियो । गृहमन्त्री थापाले अहिले छानबिनको काम पुरै चलिरहेकोले कोही पनि दोषी उम्किन नपाउने भेटमा जानकारी गराउनुभएको थियो । भेटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत , पुर्व शान्ति तथा पुर्ण निर्माणमन्त्री सत्य पहाडी , राष्ट्रियसभा सदस्या मायाप्रसाद शर्मा , भैरवसुन्दर श्रेष्ठ सहभागी हुनुभएको थियो । मृतकका परिवारलाई राहत दिने कुराको निर्णय १ ÷२ दिन भित्र हुँने र घाईतेको उपचार कार्य तत्काल सुरु गरिन लागेको सांसद शर्माले जानकारी दिनुभयो ।


आज जाजरकोट सदरमुकाममा भएको पत्रकार सम्मेलनमा पीडितले छिटो छानबिन गरी न्याय दिन माग गरेका छन् । त्यस्तै पत्रकार सम्मेलनमा सहभागी केही व्यक्तिले आफूले भन्दै नभनेको कुरा मिडियामा आएको भन्दै आक्रोष समेत पोखेका थिए । कत्तैबाट राजनीतिक दवाव नआएको भन्दै समाचारमा अनाआवश्यक दवाव आयो भनि लेखेको भन्दै दलित अधिकारकर्मी गोपाल नेपाली , पीडितको तर्फबाट आन्दोलन गरिरहेका सोती हत्याकाण्ड संर्घष समितिका संयोजक नगेन्द्र शाहले अनाआवश्यक भ्रम नफैलाउन आग्रह समेत गनुभयो ।





error: Content is protected !!