छोरा गुमाएकी आमालाई छोरी सपनाको राहत

जाजरकोट ः भेरी नगरपालिका – ५ छिप्रेना माईती घर भई हाल हङकङ जोडन बसाई गर्नु भएकी लिमा घले ( सपना)ले छ जना मृतकका आमाहरुलाई आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँले प्रति आमा रु १० हजारका दरले रु ६० हजार रकम राहत स्वरुप उपलव्ध गराउनुभएको हो । सपनाका बाबा खड्कबहादुर घर्ती र आमा हिरुदेवी घर्ती मार्फत सो रकम भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्ती हस्तान्तरण गरिएको हो । त्यस्तै सदरमुकामको क्वारेन्टाईन व्यवस्थापनका लागि रु १० हजार सहयोग गरिएको छ ।

माईती गाउँमा भएको पीडालाई शक्तिमा बबदलन र आमाहरुको मनोवल बढाउन सो रकम वितरण गरिएको सपनाका श्रीमान एच के घलेले जानकारी दिनुभयो ।
त्यस्तै उहाँले काठमाडौँ स्थित सो खुट्टेमा रहेको घरमा लक डाउनको समय भाडा नलिने घोषण समेत घलेले बताउनुभयो ।










