चौरजहारी सोती घटनाबारे इन्सेकको स्थलगत अध्ययन प्रतिवेदन – घरेलु हतियारद्वारा एकतर्फी आक्रमण

रूकुम पश्चिम चौरजहारी सोती घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन इन्सेकले माग गरेको छ।

चौरजहारी घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस्तो माग गरेको हो। प्रतिवेदन जेठ २६ गते नै संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेललाई बुझाएको छ।

इन्सेककी अध्यक्ष डा। इन्दिरा श्रेष्ठ नेतृत्वको टोलीले संसद भवन नयाँ बानेश्वर पुगेर सभापति पोखरेललाई सो प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझाउँदै अध्यक्ष श्रेष्ठले घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिन्।

प्रतिवेदन बुझ्दै सभापति पोखरेलले यस्तो जघन्य घटनामा दोषीलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन आफू र मानव अधिकार समितिले कुनै कसर बाँकी नराख्ने बताए।

जेठ २६ गते नै सो टोलीले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्दशर्मा पौड्याललाई पनि प्रतिवेदन बुझाएको छ।

जेठ १० गते आफ्नी प्रेमिकाको घर गएका नवराज विक र उनका पाँच जना साथीको मृत्यु भएको थियो। मृतकहरुको विभिन्न मितिमा भेरी नदीमा शवहरु फेला परेको थियो।

प्रतिवेदनमा उल्लेख गरिएका तथ्यहरू

कथित माथिल्लो जातकी किशोरी र कथित दलित किशोरबीचको प्रेमसम्बन्ध अन्ततः हत्या जस्तो गम्भीर अपराधका रूपमा परिणत भएको छ।

·स्थानीयहरूले घरेलु हातहतियारसहित (हँसिया, कुटो र दाउरा) लखटेको र भेरी नदीको किनारमा पुर्‍याई ती हतियार प्रयोग गरी आक्रमण गरेका थिए।

·स्थानीयको कुटपिटबाट मृत्यु भएका युवाहरूको शव विभिन्न मितिमा भेरी नदीमा मृत अवस्थामा फेला पर्‍यो।

·भेरी नदीमा फेला परेका शवको प्रकृति हेर्दा पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको अवस्थामा थिए।

·घटनामा दोहोरो भिडन्त वा प्रतिकार भएको थिएन। घटनामा संलग्न कुनै पनि स्थानीयलाई चोटपटक लागेको वा घाइते भएको पाइएन।

·घटना शुरु भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई उद्धार गरेको थियो। उद्धार गरेका सबै जनाको चौरजहारी मिसन अस्पतालमा उपचार गराई अभिभावको जिम्मा लगाएको पाइयो।





error: Content is protected !!