दशेराबाट गर्भवतीको उद्धार

जाजरकोट ,  जाजरकोट छेडागाड नगरपालिका –३ की २५ बर्षीया कमला शाहीको हेलिकोप्टरबाट सोमबार अपरान्ह उद्धार गरिएको छ । छेडागाड नगरपालिकाको दशेरा स्थित स्वास्थ्य चौकीमा सुत्केरी हुँन नसकेपछि शाहीको हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लिईएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

राष्ट्रपती महिला उद्धार कोषको आर्थिक सहयोगमा शाहीको उद्धार गरिएको प्रजिअ पन्तले बताउनुभयो । दुई दिन देखि सुत्केरी हुँने बेथा लागेर पाठेघरबाट हात निस्किएर समस्य भएपछि उद्धार गरिएको हो ।





error: Content is protected !!