सोती घटनामा दोषीलाई कारबाहीको माग गर्दै बौदिकाली गाउँपालिकामा ज्ञापन पत्र

सुशीला रेग्मी

जेठ २५, रामपुर (पाल्पा) संयुक्त दलित समिति बौदिकाली गाउँपालिका सुस्तापूर्व नवलपरासीले रुकुम पश्चिमको घटनाको विषयमा दोषीलाई कारबाही र पिडितलाई न्यायको माग गर्दै आज नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । गत जेठ १० गते शनिवारका दिन रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं ८ को सोती गाउँमा भएको मानवीय नरसंहारमा यस संयुक्त दलित समिति बौदिकाली गाउँपालिका नवलपरासी पूर्व र गाउँपालिकामा कार्यरत सम्पूर्ण दलित उत्पीडित वर्गका संघ संगठन तथा समुहले गहिरो दुख व्यक्त गर्दै घटनाको दोषीउपर कारबाहीको माग गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

घटनामा जाजरकोट जिल्ला भेरी नगरपालिका बस्ने नवराज विक सहित टिकाराम सुनार, गणेश बुढा, अमृत विक, लोकेन्द्र सुनार र गोबिन्द शाहीले जातिय विभेदको आधारमा अकालमा ज्यान गुमाउनु परेको घटनाप्रति घोर भर्सना गर्दै न्यायको माग गर्दै बौदिकाली गाउँपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।

दलित उत्पीडित वर्ग उत्थान समिति अध्यक्ष विष्णुबहादुर बस्याल, दलित उत्थान समिति बौदिकाली ४ रुचाङ्गका उपाध्यक्ष गमबहादुर विश्वकर्मा, विश्वकर्मा समाज डेढगाउँका अध्यक्ष बिरबहादुर विश्वकर्मा, दलित जातिय मुक्ति समाज बौदिकाली विभाग प्रमुख पदमबहादुर विश्वकर्मा, नेपाल दलित संघ बौदिकाली प्रतिनिधि ताराबहादुर विश्वकर्माले ज्ञापन पत्रमा संयुक्त हस्ताक्षर गरी गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानालाई बुझाइएको छ ।

गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाउन समितिले अनुरोध गरेको छ । ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष रानाले रुकुम पश्चिममा घटेको घटनाले आफुलाई दुख लागेको बताउँदै ज्ञापन पत्र सम्बन्धित निकायमा बुझाउने बताउँदै दोषीलाई कडा कारबाही र पिडितलाई न्यायको माग गर्नुभएको छ । फोटो पनि छ है





error: Content is protected !!